Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हङकङमा नेपाली रेष्टुरेन्ट जल्दा सात जनाको मृत्यु

काठमाडौँ । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार राति ८ बजेतिर लागेको आगोमा चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ ।
बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । प्रारम्भीक अनुसन्धानमा उक्त रेष्टुरेन्ट बिना दर्ता सञ्चालन भएको पाइएको हङकङ प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार