Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी स्वरुप राष्ट्रपतिलाई भेटेको हल्ला चलिरहेको बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रचण्ड शितल निवास पुगेका हुन्। नेकपा सचिवालय बैठकको पूर्व सन्ध्यामा राष्ट्रपति र प्रचण्डबीच भएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
बुधबार नेकपाको सचिवालय बैठक बस्दैछ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबारको बैठक सार्न खोजेका छन् भने प्रचण्ड बैठक गर्ने पक्षमा छन्। यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग कात्तिक २९ गते लामो छलफल गरेकी थिइन्।
आफ्नो कुर्सी डगमगाउने अवस्थामा संसद भंगसम्म गर्ने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेको भन्ने राजनीतिक वृत्तमा हल्ला चलिहरेको बेला नेकपा अध्यक्ष पुष्पकमल दाहालको यो शितल निवास आगमलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल