Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा विवाद उत्कर्षमा पुग्दा चिनियाँ राजदूतको बढ्यो सक्रियता

काठमाडौं । नेकपाभित्रको विवाद उत्कृर्षमा पुगेको छ । दल विभाजनको अवस्थामा पुगेको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चर्किएको बेला यान्छीको सक्रियता बढेको हो । उनले हिजो राति प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा डेढ घण्टा लामो भेटवार्ता गरेकी हुन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गत शुक्रबारको सचिवालय बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ ।

यही सन्र्दभमा राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अध्यक्ष दाहाल शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलमै रहेको बेला राजदूत यान्छी भने प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफलमा थिईन् । यसअघि पनि नेकपाभित्र विवाद चुलिँदा र ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन दाहाल पक्षले माग गरेको बेलामा चिनियाँ राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिईन् ।

त्यतिवेला पनि यान्छीको सक्रियतालाई लिएर चौतर्फी आलोचना भएको थियो । नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नेगरि राजदूतको सक्रियता बढ्नु दुःखद् भएको कुटनीतिक मामिलाका जानकारहरुले स्पष्ट पारेका छन् ।
दाहाल शितलनिवासबाट बाहिरिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध सचिवालयका बहुमत सदस्यहरु एक भएपछि उनी यतिवेला अप्ठ्यारोमा परेका छन् ।

यसैबीच, नेकपाको सचिवालय बैठक आज अपरान्ह १ बजे डाकिएको छ। तर, प्रधानमन्त्री ओली भने बैठक सार्ने पक्षमा छन् । सचिवालयका बहुमत सदस्यहरु भने कुनैपनि हालतमा बैठक नसार्ने र बैठक राखेर अघि बढ्ने तयारीमा जुटेका छन् ।


सम्बन्धित समाचार