Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनले दश लाख नागरिकलाई लगायो भ्याक्सिन

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म ५ करोड ७२ लाख भन्दा धेरै संक्रमित पुगेका छन्। तीमध्ये ३ करोड ९६ लाख मानिस निको भइसकेका छन् भने १३ लाख ६४ लाखको मृत्यु भइसकेको छ। अहिले १ करोड ६१ लाखको उपचार भइरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको रेमडेसिविर इन्जेसनको प्रयोग रोक्न आग्रह गरेको छ।

यो औषधि कोरोना संक्रमितको उपचारमा सहयोगी सिद्ध भएको कुनै प्रमाण नभएको पनि जनाएको छ। द गार्डियनको एक रिपोर्टमा अनुसार गत महिना चुनावी प्रचारका क्रममा जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संक्रमित भए, उनको उपचारमा पनि रेमडेसिविर औषधिको प्रयोग गरिएको थियो। त्यही औषधिलाई डब्ल्यूएचओले रोक लगाउन आग्रह गरेको हो।

बिहीबार एक विज्ञप्ति गारी गर्दै डब्ल्यूएचओले भनेको छ, ‘हाम्रो गाइडलाइन कमिटीले यदि रेमडेसिविरको अस्पतालमा प्रयोग भइरहेको छ भने त्यसलाई बन्द गर्न सुझाव दिएको छ। अहिलेसम्म रेमडेसिविरले कोरोना संक्रमितको उपचारमा सहयोग गरेको कुनै प्रमाण फेला परेको छैन।’

यसैबीच चीनले अहिलेसम्म आफ्ना देशका करिव दश लाख मानिसलाई ‘सायनोफार्म’ भ्याक्सिन लगाएको खबर छ। चीनका सरकारी अधिकारीले आफ्ना दश लाख नागरिकलाई कोरोना विरुद्धको सायनोफार्म भ्याक्सिन लगाएको पुष्टि गरेका छन्। चिनियाँ राष्ट्रपति सि जिनपिङ बिहीबार एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशनको बैठकमा सहभागी थिए। उनले कोरोना भाइरससँग जुध्न सबै देशसँग मिलेर कोरोना विरुद्ध भ्याक्सिन बनाउने काममा जुट्नु पर्ने बताए।


सम्बन्धित समाचार