Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहजिल्ला पुग्दा अर्थमन्त्रीज्यूलाई कालो झण्डा फरर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ। मंगलवार बुटवल पुगेका अर्थमन्त्री पौडेल बुधवार सैनामैनामा आयोजित कार्यक्रममा जाने क्रममा बुटबल स्थित नेपालगञ्ज रोडमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन्। अहिले सैनामैना नगरपालिका सैनामैना मावि र पर्रोहा माविको नव निर्मित भवनको उदघाटन गर्ने कार्यक्रम छ।
लुम्बीनि प्रदेशको राजधानी ुदाङुसँग अर्थमन्त्री साटेको आरोप पौडेल माथि लागेको छ। पौडेल रुपन्देही क्षेत्र नम्बर २ का सांसद हुन्। संसदीय चुनावमा बुटवललाई नै स्थायी राजधानी बनाउने नारा दिएर उने चुनाव जितेका थिए। दाङलाई स्थायी राजधानी कायम गरेपछि बुटवलका नेकपा सम्बद्ध व्यवसायीहरु पनि उनीदेखि रुष्ट छन। उनीहरुले नेकपाबाट सामूहिक राजीनामा समेत दिएका थिए।
पौडेलले मंगलवार साँझ राजीनामा दिएका व्यवसायीहरुसँग समेत छलफल गरेका थिए। सो भेटमा उनले प्रदेशको राजधानी बुटवल कायम गर्न नसके पनि त्यसको भरपाई हुने गरी विकास दिने प्रतिवद्धता जाहेर गरेका थिए। तीन दिनका लागि गृह क्षेत्र पुगेका उनले तिनाहुँ दानव करिडोरको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको छ।


सम्बन्धित समाचार