Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सक्रिय संक्रमित १६६३३, मृतकको संख्या १५२९

काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको संख्या मात्रै घटेको छैन सक्रिय संक्रमितको संख्या पनि घटेको छ तर त्यसको तुलनामा ज्यान गुमाउनेको संख्या भने बढेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ।
आज देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय २९ जना संक्रमितको मृत्यु भइसकेको छ।

मृतकको संख्या १५२९ पुग्यो
पछिल्लो २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २९ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ८ हजार ५ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ४६ हजार ३ सय ३० पुगेको छ। हाल ६ सय १६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल