Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

झापड भेटेपछि पौडेलले चेते

काठमाडौं । तनहुँ जिल्लालाई आफ्नो आधारभूमि बनाएर आफूबाहेक अरुलाई अगाडि बढ्न नदिने चरित्र भएका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्लाका युवा नेताहरु शंकर भण्डारी, धु्रव वाग्ले, गोविन्द भट्टराई, प्रदीप पौडेलहरुको बारेमा कहिल्यै सोचेनन् । उनीहरु जुन हैसियत र क्षमता देखाएर पार्टीमा स्थापित भए त्यो क्षमता र हैसियतमा पौडेलको योगदान छैन । तैपनि बेलाबखत उनलाई संकट पर्दा काँध हाल्न तिनीहरु नै पुग्छन् र विपक्षीको तारो तिनै बन्छन् । प्रसंग प्रदेश सरकार र संघीय सरकारको बजेटमा निर्मित पुल उद्घाटनसँग जोडिएको हो ।

विकास निर्माणमा आफ्नै मात्र योगदान देखाउन मौका पर्दा पार्टीमा आफूभन्दा वरिष्ठ गोविन्दराज जोशीलाई भ्रष्टाचारी करार गराएर पार्टीमा हैकम देखाउँदै आएका रामचन्द्र पौडेललाई स्थानीय प्रशासनले सुरक्षाको दृष्टिले गरेको व्यवहार काँग्रेसका लागि अप्रजातान्त्रिक होला तर प्रहरी प्रशासनलाई त्यो बाध्यता थियो ।

काँग्रेसले तनहुँ क्षेत्र नं. १ का सांसद कृष्णकुमार श्रेष्ठ र नेकपा तनहुँलाई आरोप लगाएको छ । यो विषयलाई लिएर प्रदेश सरकार र नेकपा तनहुँ पार्टी कार्यालयले पत्रकार सम्मेलन गर्दै ती दुवै पुल निर्माण गर्दा संघ र प्रदेशको बजेट खर्च भएको बताएका छन् । सत्तापक्षले पुल उद्घाटन र विकास निर्माणका गतिविधिमा आफ्नो अधिकार भएको दाबी गरिरहँदा पौडेलले पनि आफ्नै पहलमा ती पुल बनेको दाबी गरिरहेका छन् । काँग्रेसी प्रजातन्त्रमा कम्युनिष्टलाई पेल्नु सामान्य ठानिन्छ ।

हिजो काँग्रेसी कालको स्थानीय प्रशासनको ढाँचामा नेकपालाई तनहुँ अहिले छैन । रामचन्द्रका लागि तनहुँका युवा काँग्रेसहरु सति गइदिनु परेको छ । पुल उद्घाटन राजनीति द्वन्द्वको शिकार बनाउनु पर्ने थिएन । किसन श्रेष्ठको विगत त्यही बेला काँग्रेसले थाहा पाएकै हो । नेतालाई पैसा दिएपछि काँग्रेसमा पनि टिकट बेच्ने रामचन्द्रहरु हुन् । आफ्नै पार्टीका युवाहरुसँग पैसा अशुल्ने रामचन्द्रलाई त्यो बेला पार्टी र कार्यकर्ताको जरुरी प¥यो जुन बेला पुल उद्घाटनमा नेकपाका युवाहरुलाई बाधक बन्ने संकेत देखियो । किसानले निकट किने पैसा खर्च गरे संगठन पनि थियो चुनाव जिते ।

काँग्रेसले आफ्नै संगठनलाई क्रियाशील बनाउँदा केन्द्रदेखि जिल्लासम्म गुटबन्दी चम्काउँदैछ । पार्टीको सदस्य दिलाउन समेत नेताकै कृपा प्राप्त हुनु पर्ने बाध्यता सिर्जना गर्ने रामचन्द्रले किन तनहुँका युवा नेताहरु गोविन्द भट्टराई, प्रदीप पौडेलहरु पार्टीमा अगाडि बढ्न दिएनन् । शंकर भण्डारी, धु्रव वाग्ले, पौडेलको कृपाले अगाडि बढेका नेता होइनन् । रामचन्द्रको अहंकारका कारण जिल्लाका नेता काँग्रेसमै सुरक्षित छैनन् । काँग्रेसमा रामचन्द्र प्रभु होइनन् । यिनैले हो आफ्नो ऐना नहेरी जिल्लाका लोकप्रिय नेता गोविन्दराज जोशीलाई पार्टीबाट खेदेको । खेदिँदा र पेलिँदा कस्तो हुन्छ बल्ल बुझ्दैछन् रामचन्द्र बाजेले ।


सम्बन्धित समाचार