Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काेराेना सम्झँदै मैदानमा निस्कन राजावादीलाई आग्रह

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र निर्मल निवासै बसे पनि र पूर्व युवराज पारस बरालिँदै हिँडे पनि बढ्दो राजनीतिक अस्थिरताले राजावादीहरुले शिर उठाएका छन् । आज राजावादीहरूले बृहत प्रदर्शनको तयारी गरेका छन् । कोरोना महामारीकाबीच भिडभाड गर्न खोजिएको भन्दै धर्ना तथा जुलुस रोक्न गृह प्रशासनले सबै प्रशासन कार्यालयललाई निर्देशन दिए पनि शान्तिपूर्ण प्रदर्शनमा भने हस्तक्षेप नगर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार हिन्दुराष्ट्रसहितको राजसंस्थाको पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ ।

शनिबार प्रदर्शनमा बल प्रयोग गरे सरकार थप आलोचित हुने विश्लेषणका आधारमा गृह मन्त्रालयले राजावादीहरुको प्रदर्शनमा अब निगरानी मात्र बढाउन निर्देशन दिएको सुरक्षा स्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौँले लोकतन्त्रमा सभा, जुलुस गर्ने छुट भए पनि अहिलेको परिस्थितिमा महामारी झन् फैलने खतरा भएकाले त्यस्ता गतिविधि नगर्न आह्वान गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरले प्रदर्शनमा निस्किँदा कोरोना भाइरसलाई मध्यनजर गरेर सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरेका छन् । प्रदर्शन घोषणा गरेको राप्रपाका नेता राजेन्द्र लिङ्देनले भने शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भए कठोर आन्दोलन हुने चेतावनी दिएका छन् ।


सम्बन्धित समाचार