Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिद्धार्थका शेयरधनीलाई १५ प्रतिशत लाभांश

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
मंसिर १९ मा बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी नौं अर्ब ७८ करोड, ७७ लाख ६७ हजार १३८मा १२ प्रतिशत बराबरको एक अर्ब १७ करोड, ४५ लाख ३२ हजार ५७ बोनस शेयर तथा ३ प्रतिशत बराबरको २९ करोड ३६ लाख ३३ हजार १४ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने बैंकले जनाएको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल