Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विधि, विधान र पद्दतिलाई गोजीमा हालेर राज्यसत्ता र पार्टी सत्ता सम्हालेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याएका छन् ।
शनिबार सवा ३ घण्टा बसेको सचिवालय बैठकमा पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका थिए । नेताहरुले यस्तो धारणा राखेपछि अध्यक्ष ओलीले जहाँ गएपनि आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान दोहोर्याएका हुन् । दुबै प्रतिवेदन स्थायी कमिटीमा जाने र बाहिर आएजस्तो ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने भन्ने भनाइप्रति संकेत गर्दै ओलीले यस्तो बताएका हुन् ।
ओलीले यस्तो बताएपछि आइतबारका लागि स्थायी समिति बैठक बोलाइएको छ भने ओलीले अब स्थायी समितिको फेस गर्नुपर्ने भएको छ । स्थायी समितिमा दुबै अध्यक्षको प्रस्ताव छलफलका लागि पेश हुनेछ भने ओलीलाई दुईमध्ये एक पद छाड्न बाध्य बनाउने रणनीति इतर समूहको छ ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल