Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुर्सी जोगाउन ओलीलाई काँध हाल्दै बादल

काठमाडौं । अहिले पूर्व माओवादी खेमाका रामबहादुर थापा बादल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काँध काल्नेमा पहिलो देखिएका छन् । उनले विचार र सिद्धान्तले होइन गृहमन्त्री पदको रक्षाका लागि यस्तो भूमिका निर्वाह गरेका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठकमा पनि यस्तै भयो । सचिवालय सदस्य रामबहादुर थापा बादलले कार्यदल बनाएर संकटको समाधान खोज्नुपर्ने प्रस्ताव गरेका छन् । बैकमा छलफलका क्रममा नेता थापाले यस्तो प्रस्ताव गरेपछि महासचिव विष्णु पौडेलले समर्थन गरेका थिए ।

एक सचिवालय सदस्यका अनुसार त्यसपछि बोलेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि प्रस्तावलाई धेरै राम्रो भन्दै कार्यदलको संयोजक उपाध्यक्ष वामदेव गौतमलाई बस्न आग्रह गरेका थिए । त्यसपछि उपाध्यक्ष गौतमको बोल्ने पालो आएपछि उनले आफू सो कार्यदलमा नबस्ने बताएका थिए ।


सम्बन्धित समाचार