Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नयाँ शैक्षिक शत्रको आठ महिना पार गरिसक्दा विद्यालयहरु खुल्ने तयारी धमाधम भइरहेको छ । काठमाडौं उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम रहेको विज्ञहरुको दाबी छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो लहर ल्याउने विज्ञहरूको भनाइ छ ।
उनीहरूले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन् । जाडो याममा कोभिड विस्तारको जोखिमबीच विद्यालय खोल्दा हरेक घरघरमा संक्रमण पुगेर बूढापाका, दीर्घरोगीलगायतमा संक्रमण जटिल बन्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् ।
राजधानीको सहरी क्षेत्र अझै कोभिडको उच्च जोखिममा रहेको र संक्रमणको दोस्रो तरंग आउने सम्भावनासमेत कायमै रहेको बताइन्छ । विद्यालयमा सामाजिक दूरी, उपयुक्त मास्कको प्रयोग, कोठामा हावाको राम्रो ओहोरदोहोर र निरन्तर हातको सरसफाइ असम्भव रहेको छ । आगामी तीन महिनासम्म उपत्यकामा जाडो रहने र यही समयमा प्रदूषण पनि चरम अवस्थामा रहने भएकाले विद्यालय खोलेर उच्च जोखिम मोल्न नहुने विज्ञहरूले सुझाएका छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल