Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तत्कालिन प्रधानसेनापति प्रज्ज्वल शमशेरका ज्वाइँ नारायणहिटी हत्याकाण्डका योजनाकार

मूलतः डा. रायमाझीले वार्ताद्वारा माओवादी द्वन्द्वको राजनीतिक निकासको मार्ग सुझाइरहेका थिए । यही क्रममा राजा ज्ञानेन्द्रसँग भेट्न खोज्दा दरबारको इन्डो÷सिआईए लविले राजपरिषद्को सभापति जस्तो जिम्मेवार व्यक्तित्वलाई भेट पनि दिएन । ६ महिनाभन्दा बढी समयको प्रयत्नमा पनि डा. रायमाझीको भेट नभएपछि उहाँँ नवलपुर जानुभयो । तत्पश्चात् त्यसको करिब ४ महिनापछि तत्कालीन राजदरबारका मुख्य सचिव पशुपतिभक्त महर्जन लिन गए र राजासँग भेट गराए । त्यही भेटमा प्रधानमन्त्रीको प्रस्ताव गर्दा ढिलो भैसकेको र यसअघि समयमै भेट्न खोज्दा भेट पाउन नसकेकोले अस्विकार गर्नुभयो ।

यसरी डा. केशरजङ्ग रायमाझीले दरबार हत्याकाण्ड पछिको (यसको विस्तृत पछाडि आउनेछ) भारतीयद्वारा प्रस्ताव गरिएको पहिलो राष्ट्रपतिको पद अस्वीकार गरेपछि राजपरिषद् नै विभाजित भयो । मतदानमार्फत् बहुमतको निर्णयले ज्ञानेन्द्र राजा बनेका थिए । राजाले २०६१ माघ १९ को कदम चालेपछि घोषणा गरेको नगरपालिकाको स्थानिय निर्वाचन नगर्न नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफ्ना पारिवारिक सदस्यमार्फत् आग्रह गरेका थिए । उनले प्रधानमन्त्रीको लागि आफ्नो समर्थन राजेश्वर देवकोटालाई हुन सक्ने सन्देश पठाएका थिए ।

जसलाई दरबारद्वारा अस्वीकार गरिएको थियो । प्रकाश कोइराला, शैलजा आचार्य, तारानाथ रानाभाटलाई प्रधानमन्त्री बनाउन सकिने तर देवकोटालाई नसकिने सन्देश दरबारले दिएपछि कोइरालाले आफू छँदाछँदै अरुलाई खेल्न नदिने सन्देश तत्कालनै प्रवाह गरे नेपालमा गणतन्त्र प्रचण्ड, गिरिजाप्रसाद या कुनै दलले ल्याएको होइन । मुलतः इन्डो/सिआईए रणनीतिअन्तर्गत दरबार र सेनाले ल्याएको हो भन्दा अतियुक्ति हुँदैन । यता कथित माओवादी समूह भनेका त तिनै इन्डो÷पश्चिमी लविका जिम्मेवार प्रतिनिधि थिए । माओवादीको नेतृत्व तहमा सेना र विदेशी ऐजेन्सीमा काम गरेका गुप्तचरहरू थिए । त्यसैगरी नागरिक समाजको आवरणमा सडकमा लोकप्रिय देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, पद्मरत्न तुलाधर, दमननाथ ढुङ्गाना लगायतले कल्पनै गर्न नसकिने ठूलो रकममा आइ.एन.जी.ओ. बाट लिएर सिआईएका लागि काम गरेका थिए । उनीहरू दरबारिया इन्डो÷पश्चिमा सञ्जालमै संलग्न थिए ।

नेपालको सुरक्षा र परराष्ट्र आफ्नो नियन्त्रणमा राख्ने पटक–पटकको भारतको प्रयास राजाहरूबाट अस्वीकार भएपछि सिआईएसँग समन्वय गर्दै ‘रअ’ ले सैनिक घुसपैठमार्फत् राजा वीरेन्द्रको हत्या गर्दै राजा ज्ञानेन्द्रको विस्थापन गरेको थियो । तथापि प्रचण्डको कयौँ कमजोरीका बावजुद उनको चातुर्यताले चीनसँग विकसित सम्बन्धका कारण इन्डो/पश्चिमाको भुटान या पूर्वीपाकिस्तान बनाउने षड्यन्त्र असफल बन्न गएको छ । बिसौं शताब्दीको ६० र ७० को दशकमा चिनियाँ मुक्तिसेनाले (राजा वीरेन्द्रको निर्देशनमा) शाही नेपाली सेनासँग मिलेर खम्पाविद्रोह दमन गरेको थियो । तर, चीन र नेपालबीचको सैनिक सहयोगप्रति भारत निकै संवेदनशील हुँदो रहेछ । उसले चीन र नेपालकाबीच हुने गरेको मैत्रीपूर्ण सहयोग सम्बन्धको अभिवृद्धिलाई भारतको सुरक्षा रणनीतिमाथि धम्कि र चुनौतीको रूपमा लिने गरेको छ ।

बोआओ फोरमबाट फर्केपछि जसरी राजा वीरेन्द्रको हत्या इन्डो÷अमेरिकी रणनीति अनुसार शाही नेपाली सेनाले ग¥यो प्रा. वाङको भनाइ यहाँ पुष्टि हुन्छ । सन् १९८८ को जुलाई महिनामा नेपालद्वारा चीनबाट ६५ ट्रक सैनिक माल सामानहरू आयात गरिएका थिए । जसमा १६ ओटा विमानभेदी क्षेप्यास्त्रहरू रहेका थिए । सन् १९८९ मई २६ का दिन भारतले नेपालले गरेको सैनिक सामानको आयातबाट नेपाल भारतकाबीच सन् १९६५ सालमा सम्पन्न भएको सम्झौता उल्लंघनको आरोप लगाउँदै भारतको सुरक्षा खतरा बढाएको कुरा जनाएको थियो । तर नेपालका तत्कालीन प्रधानमन्त्री किर्तिनिधी विष्टले सन् १९६९ जुन २५ मा भारतसितको १९६५ को सैनिक सहायता सम्झौता नेपालको हकमा खारेज भइसकेको घोषणा गरिसक्नु भएको थियो । सन् १९८९ सालको मार्चमा नेपाल भारतबीचको पारवहन तथा व्यापार सम्झौताको म्याद सकिएको मौका पारी नेपालका १५ वटा नाकाहरू मध्ये १३ वटा नाका बन्द गरियो । नेपाली काङ्ग्रेस र नेकपा (माक्र्सवादी) जस्ता भारत निकट पार्टीहरू र त्यहाँभित्र रहेका ‘रअ’ का जासुसहरूले यो नाकाबन्दीको समर्थन गरे ।

फलस्वरूप नेपालमा गम्भीर राजनीतिक आर्थिक अस्थिरता उत्पन्न भयो । नेपालले भारतसँग सम्झौता गर्नुप¥यो । सन् १९९० को जुन ६ तारिखमा नेपाल अधिराज्यका प्रधानमन्त्रीले भारतको भ्रमण गर्नुअघि चिनियाँ सैनिक सामग्री बुझाउने समय अनिश्चितकालीन रूपमा स्थगित गराउने निर्णय सम्बन्धी घोषणा गरेका थिए । त्यसपछि नेपाल भारतबीचको विवाद समाधान गर्न सम्भव भएको देखियो । राजा वीरेन्द्रको वोआओ फोरम हुँदै चीनबाट फर्केपछि गरिएको हत्यालाई उपर्युक्त पृष्ठभूमिबाट टिप्पणी र विश्लेषण गरिनु अस्वभाविक होइन । नेपाली कम्युनिष्ट आन्दोलनमा व्यक्तिगत रूपमा भन्नुपर्दा डा. केशरजङ्ग रायमाझी, मदन भण्डारी, सीपी मैनाली, मोहनचन्द्र अधिकारी, नारायणमान विजुक्छेबाहेक अधिकांश अरु भारतीय जासुसी संस्था ‘रअ’ द्वारा प्रयोग भएका थिए ।

तमाम कमिकमजोरीका बाबजुद प्रचण्ड ‘रअ’ का ऐजेन्ट होइनन् भन्ने कुरा चीनसँगको सम्झौतामा भूमिका निभाएर मृत्युसँग सङ्घर्ष गर्दै उनले व्यवहारबाट नै पुष्टि गरिसकेका छन् । दरबार हत्याकाण्डको समयका प्रधानसेनापति प्रज्ज्वल शमशेर राणाका बहिनीज्वाइँ संदीपबहादुर शाह नारायणहिटीसँग प्रत्यक्ष जोडिएका थिए । उनी शान्ता कुमारकासमेत नाता पर्ने भएकाले परस्पर नियमित सरसल्लाह र षड्यन्त्रको गोटी चाल्नमा ठूलो सघाउ पुग्यो । प्रज्ज्वल शमशेर जबराको समयमा संदीपलाई छायाँ चिफ भनिन्थ्यो । उनकै सल्लाह अनुसार अनेक सरुवा बढुवा र कत्लेआमको काम प्रधानसेनापतिबाट हुने गर्दथ्यो । उनको धेरै उठवस कुमार फुदुङसँग थियो । दरबार हत्याकाण्डसँग संदीप बहादुर शाह र कुमार फुदुङ जोडिएका थिए भन्ने कुरा उपर्युक्त भनाइबाट पुष्टि हुन्छ । यसकारण माओवादीले फुदुङलाई सभासद सेनाभित्रको दरबार हत्याकाण्ड गराउने शक्तिकेन्द्रकै रणनीति अनुसार बनाएको आशङ्का गर्नु स्वभाविक छ । प्रज्ज्वल शमशेर जबराका सबै कामहरू संदीप शाहले हेर्दथे । संदीपले गणपतिको कोश गर्दा त्यसको चिफ इन्स्ट्रक्चर थिए जनरल कुमार फुदुङ । उनले नै संदीपलाई तालिमको क्रममा पहिलो बनाएका थिए ।

धेरै पहिलादेखि नै संदीप शाह र कुमार फुदुङको घनिष्ठता थियो । संदीप बहादुर शाहको घरमा तत्कालीन माओवादी नेता सुरेश आलेमगर सहित अन्य नेताहरू आउने, जाने, बस्ने गरिरहेको खबर मलाई जानकारी हुन्थ्यो । कथित माओवादी हिंसा र दरबार हत्याकाण्ड ‘रअ’ र ‘सिआईए’ (क्रिस्चियन) रणनीति अनुरूप सेनाद्वारा गराइएको थियो भन्ने कुरा जिम्मेवार तहमा रहेर काम गरेका सैनिक अधिकारी चिनिया बहादुर बस्न्यातले खुलाशा गरेका छन् । राजतन्त्रको विस्थापनपछि दरबार हत्याकाण्डको चर्काे प्रपोगान्डा गर्ने पूर्व माओवादी, एमाले र काङ्ग्रेसले पनि हत्याकाण्डको छानविन गर्ने साहस किन गर्न सकेनन् ? प्रचण्ड २ पटक र डा. बाबुराम भट्टराई १ पटक प्रधानमन्त्री बनिसकेका छन् ।

दरबार हत्याकाण्डको प्रपोगान्डा गरिरहन्छन् तर छानविन गर्न तयार हुँदैनन् । त्यसैगरी २०५० साल जेष्ठ ३ गते भएको मदन भण्डारीको रहस्यमय मृत्य या हत्यालाई तत्कालीन नेपाली काङ्ग्रेस र गिरिजा प्रसाद कोइरालाको सरकारले सर्वाेच्च अदालतका न्यायधिशको नेतृत्वमा गठन गरेको अनिल आयोगको रिपोर्टलाई अस्वीकार गर्दै पार्टी भित्रैबाट पदमरत्न तुलाधारको नेतृत्वमा तुलाधर आयोग र केपी ओलीको नेतृत्वमा ओली आयोग गठन गरियो । दुवै आयोगले मदन भण्डारीको दुर्घटना नभएर षड्यन्त्रपूर्वक हत्या गरिएको निष्कर्ष सार्वजनिक ग¥यो । मुलुकमा पूर्व नेकपा एमालेको तर्फबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र स्वयं केपी ओली २ पटक प्रधानमन्त्री साथै मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी २ पटक राष्ट्रपति भइसक्दा समेत छानविन प्रति चासो नदेखाउनु रहस्यमय छ । यी दुवै हत्याकाण्डमा देशीविदेशी ग्राइण्ड डिजाइन अन्तर्गत नेपाली सेनाको हात रहेको र स्वयं पूर्वमाओवादी र एमाले (अर्थात् नेकपा) का जिम्मेवार नेतृत्व मदन भण्डारी र दरबार हत्याकाण्ड दुवैमा रहेको संलग्नता नै मौनताको बाध्यता हुनसक्छ ।

दुई छाक भात÷रोटीका निमित्त आफू आफ्ना छोराछोरी, श्रीमती र दिदी बहिनी एनजीओ र आइएनजीओमा वेश्या बनाउँदै आफै पनि बौद्धिक वेश्यावृत्ति गर्दै आइरहेका सामान्य रिपोटर बाहेक जिम्मेवार तहमा रहेका नेपाली पत्रकारहरू मानवअधिकारवादी आवरणका जासुसहरू, कथित नागरिक समाज, प्राध्यापक बुद्धिजीविहरू मूलरूपमा नेपाली सेनाको षड्यन्त्र ढाक्न उद्दत छन् । यिनीहरू सबैको नाभी इन्डो÷पश्चिमा रणनीतिक स्वार्थमा एउटै केन्द्रसँग जोडिएको छ ।
दरबार हत्यकाण्डमा माओवादी नेतृत्व र सैन्य हेडक्वाटर अन्र्तसम्बन्धित देखिन्छन् ।

दरबार हत्याकाण्डभन्दा केही पहिले ठूलो धनराशी सहितको हेपाटाइटिस ‘ई’ को औषधि गर्ने अमेरिकी प्रोजेक्ट नेपाल भित्रियो । सन् १९९९ मा औषधिको बहानामा ललितपुरको पाटनमा सिआईएले आफ्नो गतिविधि बढाउने प्रयत्न गर्दा जनस्तबाट चर्काे विरोध भयो । पाटनका पूर्व उपमेयर रमेश चित्रकारले जनताको अगुवाइमा त्यसको प्रतिकार गरेपछि डलरका प्रलोभनहरू असफल बने । पाटनमा विरोध भएपछि त्यसको एक महिनाकै आसपासमा नेपाली सेनामा प्रयोग गरियो । त्यो समयमा उपमेयर चित्रकारलाई उनको पार्टी एमालेको माथिल्लो तहले यसमा चासो नराख्न निर्देशन ग¥यो ।

यसरी प्रज्वल शमशेर जबराले दरबार हत्याकाण्ड पूर्व इन्डो/अमेरिकी घेरा कसिलो बनाउँदै लगेका थिए । वि.सं १९०३ मा कोतपर्वमार्फत् देशभक्तहरूको हत्या ब्रिटिश परस्त राणाशासनको उदय र २०५८ जेष्ठ १९ मा दरबार हत्याकाण्ड र इन्डो/अमेरिकी सत्ताको उदयकाबीच यो कथित नेपाली आवरणको ‘रअ’ र ‘सिआईए’ ऐजेन्टहरूले नेतृत्व गरेको सेनाको औचित्य समाप्त भएको छ । राष्ट्रिय स्वाधिनताको रक्षा र देशभक्त नेतृत्वको सुरक्षाको ग्यारेण्टीका लागि पनि राजा वीरेन्द्रलाई कत्लेआम गरेको सेनाको विघटन अनिवार्य छ । सैनिक जनरल चिनिया बहादुर बस्न्यातले माओवादी, आन्दोलन, दरबार हत्यकाण्ड र सैन्य हेडक्वाटरको सम्बन्धको खुलासा इमान्दारीपूर्वक गरेको पाइन्छ । तर, विवेक शाह (तत्कालीन सैनिक सचिव) ले जो आफै सिआईए निकट कार्टर सेन्टरसँग सम्बद्ध थिए, उनी लेख्दछन्, २०५८ असार ४ गते ज्ञानेन्द्र सरकारमा मेरो पहिलो औपचारिक जाहेरी थियो ।

मैले प्रमुख सैनिक सचिवालयबाट दरबार हत्याकाण्ड सम्बन्धी छानविन गर्न गठित कार्यटोलीले तयार पारेको प्रतिवेदन जाहेर गरे । साथै कार्यटोलीमा सदस्यहरूलाई केही रकम बक्सेमा राम्रो हुने समेत जाहेर गरे । कार्यटोलीको संयोजकमा पूर्वप्रुमख सैनिक सचिव रथी शान्तकुमार मल्ल हुनुहुन्थ्यो । सदस्यहरूमा सहायक रथी टीका धमला, शाही रक्षक वाहिनीका कामु वाहिनी पति सहायक रथी भरतबहादुर रायमाझी महासेनानीहरू कुमार बुढाथोकी र केशवराज महत हुनुहुन्थ्यो । यी व्यक्तिहरूको स्वयं देशी विदेशी ग्रान्ड डिजाइन अन्तर्गत दरबार हत्याकाण्डमा संलग्नता छ, उनीहरू नै छानविन समितिमा हुनुबाट हत्याकाण्डको मूल षड्यन्त्रलाई ढाकछोप गर्ने र दीपेन्द्रलाई दोषी देखाएर सम्पूर्ण हत्याकाण्डलाई अर्काेतर्फ मोड्ने नियत देखिन्छ ।

सकारण मदन भण्डारी हत्याकाण्ड होस् या दरबार हत्याकाण्ड चिनियाँ विशेषज्ञहरूलाई समेत सामेल गराएर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट छुट्टै छानविन समिति पुनः गठन गर्न जरुरी छ । तथापि मदन भण्डारी र दरबार हत्याकाण्ड दुवैका अवशेषहरू सेनाले मेटाउने प्रयत्न गर्दैै आइरहेको छ । अर्काे प्रशंगमा विवेक शाह लेख्दछन्– राजदरबार हत्याकाण्डको समयमा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत चिकित्सक तथा अन्य स्टाफले सराहनीय काम गरे । सरकारबाट उनीहरू सबैलाई तक्मा वा नगद पुरस्कार वा प्रशंशा पत्र बक्सेमा त्यसको सकारात्मक प्रभाव पर्न जान्छ ।

जबकी छाउनीमा पूरै लापरवाही गरिएको थियो । बाँच्न सक्ने राजा वीरेन्द्र, श्रुतीलगायतलाई उपचार नगरी मर्न बाध्य पारिएको थियो । जसलाई विवेक शाहले सराहनीय कार्य गरेको भनेका छन् । यस कुराबाट दरबार हत्याकाण्डमा विवेक शाह ‘सिआईए’ रणनीति अन्तर्गत सहभागी प्रतिनिधि थिए । किन भने हत्याकाण्डको समयका प्रत्यक्ष गवाही शाही पाश्ववर्ती पवन खत्रीले छानविन समितिलाई बयान दिँदै भनेका छन्– “म महाराजधिराज सरकारलाई बोकेर भित्र छिरँे । टाउको पट्टिबाट खुट्टाभित्र छिराएर काखमा राखो । टाउकोबाट रगत बगिरहेको थियो । हस्पिटलमा जाँदा आँखा हेरिबक्सेको थियो ।

पल्स चेक गरे ठीक थियो । अलिअलि रगत बगिरहेको थियो । मैले कराए सरकार जिवित होइबक्सन्छ । छिटो गरिबक्सियोस् भनेर अस्पताल पुग्दा ड्युटीमा कोही थिएन, होहल्ला गरेपछि डाक्टर आए । भित्र छिर्दा महाराजधिराजको टाउको निर कोही बसीरहेको थियो । म भित्र छिरेर बाहिर फर्कदा छेउको झ्यालबाट कोही मान्छे भागेको देखँे । को हो मैले चिनिन पछि थाहा भयो राजीव डाक्टरसाहेब बाहिर गइबक्स्यो । त्यसपछि मलाई थाहा भयो झ्याल पनि खुल्ला रहेछ ।

२०५८ जेठ १९ गते राति नेपाली जनताले आफ्ना मनैदेखिका राजारानी मात्रै गुमाएनन् मनभित्र अनुत्तरित प्रश्नहरुको बास बसेको वर्षौ बितिसक्दा पनि दरबार हत्याकाण्डको भित्री पाटो खोतल्ने प्रयास कसैले गरेनन् । आफ्नो स्वार्थ र शक्ति केन्द्र खुशी पार्ने नाममा हत्यारा घोषणा गर्ने काम भए पनि वास्तविक हत्यारा कसैले खोजेनन् । हामीले पनि यहाँ हत्यारा खोजेका छैनौं पर्दाभित्र बसेर क–कसले कस्तो कस्तो खेल खेले भन्ने वास्तविकता मात्रै खोतलेका छौं । यो आलेख पढिसक्दा तपाईं आफैंले दरबार हत्याकाण्डको खलनायक को हो भन्ने पत्ता लगाउनु हुनेछ । त्यो कालरात्रि पनि शुक्रबारकै दिन घटेको हुनाले हामीले पनि यस घटनालाई खोल्ने यस लेखलाई प्रत्येक शुक्रबार प्रकाशित गर्ने छौं ।