Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको कारबाही निर्वाचन आयोगमा

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारबाहीको सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको छ। नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयोगको कार्यालय पुगेर आइतबार स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको जानकारी गराएका हुन्। ओलीलाई स्थायी कमिटीले कारबाहीको सिफारिस गर्दै मंगलबार बस्ने केन्द्रीय समितिमा यसबारे प्रस्ताव लैजाने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हैसियत उपाध्यक्ष बराबरको भएकाले उनको नेतृत्वमा हुने भेला र बैठकले आफूलाई कारबाही गर्न नसक्ने बताएका छन्।


सम्बन्धित समाचार