Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव नेपाल बोक्नु प्रचण्डको राजनीतिक आत्महत्या

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका छन् । विशेष गरेर आफूलाई प्रधानमन्त्री र संसदीय दलको नेता दुवै तर्फबाट हटाउने सुइको पाइसकेपछि उनले संसद विघटन गरेको देखिन्छ भने बाह्य रुपमा भारतीय खुफिया एजेन्सी रअका प्रमुख सेमन्तकुमार गोयल आइसकेपछि यो योजना बनेको हो कि भन्ने कुरामा आशंका गर्न सकिन्छ । भारतीय राजनीतिक विश्लेषक नेपाल मामिलाका विज्ञ एसडीमुनिले ट्वीट गर्दै नेपालको संसद विघटनलाई चीनको एक स्टेप धक्का र भारतको सफलता भनेका छन् । नेपालमा अन्तर्राष्ट्रिय रुपमा चीन र अमेरिका आमने सामने टकराइ रहेको अवस्था छ । त्यसको सबैभन्दा बढी प्रभाव सत्तारुढ नेकपामा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पश्चिमी केन्द्रमा उभिँदै एमसीसीको चीन घेर्नै रणनीतिमा सामेल थिए । यता, प्रचण्ड कित्तामा उभिएर माधवकुमार नेपालले भारतीय खुफिया एजेन्सी रअको मिसनमा भूमिका निभाइरहेका थिए । जसरी कटवाल प्रकरणमा एकातर्फ रअका कारिन्दा बाबुराम भट्टराई उग्र रुपमा कटवालमाथि कारबाही गर्नुपर्छ भन्ने पक्षमा थिए भने अर्कोतर्फ राष्ट्रपति र १८ दलमार्फत् रअ खेलिरहेको थियो । जसरी कटवाल प्रकरणको अनुमान प्रचण्डले गर्न सकेनन् आफ्नो कित्ताबाट माधव नेपालमार्फत् रअ खेलिरहेको अन्दाज गर्न नसक्नु नै उनको यो दोस्रो राजनीतिक आत्महत्या भएको छ । एमसीसी पारित गर्न नसकेपछि केपी ओलीले पार्टी विभाजन गरेर इतिहासदेखिनै राष्ट्रघात गर्दै आएको काँग्रेससँग गठबन्धन बनाउने प्रयत्न गर्दै आइरहेका थिए । त्यसका लागि संसदीय दलमा ४० प्रतिशत र पार्टी केन्द्रीय समितिमा ४० प्रतिशत नपुगेको कारण नै रोकिएका थिए ।

ओलीमार्फत् नेकपा विभाजन गरेर एमसीसी गिरोहको बृहत गठबन्धन निर्माण गर्ने योजना असफल भएपछि दुई वटा कार्ड फालिएको थियो । एउटा माधव नेपालमार्फत् रअले ओलीलाई फाल्न उकासिरहेको थियो भने अर्कोतर्फ पूर्व माओवादी एकता बाबुराम, विप्लव, वैद्यको प्रसंग अगाडि सारिएको थियो । यो विशेष गरेर प्रचण्डकै कारण एमसीसी रोकिएपछि उनलाई अलग्याएर अमेरिकी सेना भिœयाउने नीतिलाई वैद्यता दिने घुमाउरो चालबाजी अन्तर्गत कटवाल प्रकरणमा जस्तै रअ र सिआइए दुवैतर्फ खेलिरहेका थिए । ओलीको कार्यकालमा प्रचण्डको सहयोगमा चीनसँग भएका सम्झौताहरू कटवाल प्रकरण नघटेको भए प्रचण्डकै कार्यकालमा हुँदै थियो । त्यसकारण कटवाल प्रकरण चीन रोक्न रचिएको थियो भने अहिलेको संसद विघटन पनि दोस्रो कटवाल प्रकरणकै अर्को रुप हो ।

परिस्थिति बदलिएको छ । अब नेकपा न एकीकृत छ नत विभाजित छ । अर्को पार्टी बनाउनु र पूर्व माओवादी एकताका नाममा युरोपियन, इसाई, सिआइए र रअले पालेका बाबुरामदेखि वैद्य र कुमार फुदुङका चेला विप्लवहरूलाई एकीकृत गरेर नेतृत्व लिनु जति आत्मघाती कदम हो माधव नेपाललाई बोक्नु प्रचण्डका लागि त्यतिनै अर्को आत्मघात हो । हिजो माओवादी नामको हिंसामा कसरी प्रयोग भएँ भन्ने कुरा स्वयं प्रचण्ड जति जानकार अरु हुन सक्दैन । कुमार फुदुङ र सूर्यबहादुर सेन ओली, रविन्द्र शाह कसरी कमरेड बने र माओवादी यमबहादुर अधिकारी कसरी सैनिक जनरल बने यसको जानकार प्रचण्डजति अरु को हुन सक्छ ? जसले १७ हजारको हत्या, ५ हजार निर्दोष नागरिक बेपत्ता बनाउने काम प्रचण्डको काँधबाट गराए त्यही शक्ति केन्द्रले आफ्ना छोरा प्रकाश दाहाललाई मारिदिएको जानकारी प्रचण्डबाहेक अरु कसलाई होला ? भैरवनाथ गणबाट तयार गरिएकी बिना मगर कसरी प्रचण्डकी बुहारी बनिन् ? यी यक्ष प्रश्नहरूको उत्तर स्वयं प्रचण्डसँग छ । यो अवस्थामा माधव नेपाल बोकेर ओलीसँग भिड्नु भनेको राजनीतिक आत्महत्याबाहेक केही थिएन ।

हो नेकपाभित्र केपी ओलीसँगको संघर्ष पेचिलो बनेको थियो । त्यसको हल महाधिवेशनले गर्ने थियो । त्यो भन्दा पूर्व चोर ढोकाबाट चार महिनापछि रिटायर्ड हुने कटवाललाई हटाउन खोजे जस्तै धैर्य नगरेर हटाउन खोज्नु प्रचण्डको कमजोरी मात्रै होइन राजनीतिक रुपमा अवसान नै हो । माधव नेपाल बाबुराम भट्टराई जस्तै रअले वि.सं. ३० को दशकदेखिनै जासुसीका लागि परिचालन गरेका खतरनाक पात्र हुन् । उनलाई मदन भण्डारीको हत्यापछि त्यसै एकछत्र महासचिव बनाइएको होइन । यो अवस्थामा एमसीसी रोक्दै नयाँ भूमिकामा केपी ओलीसँगै सम्झौता गर्दै अगाडि बढ्नु नै प्रचण्डको सुरक्षित अवतरण थियो । त्यो ढोका अब बन्द भएको छ ।

माधव कुमार नेपाल एसिया प्यासिफिक इन्डो अमेरिकी क्याम्पका विश्वासिला प्रतिनिधि हुन् भन्ने कुरा बदनाम कोरियन आइमाइको बिर्यपान गर्ने होलीवाइन कार्यक्रमले नै पुष्टि गरिसकेको छ । उनी रअका कति विश्वसनिय एजेन्ट हुन् भन्ने कुरा त २०४५ सालमा तत्कालिन मालेको ललितपुरको च्यासलमा बसेको बैठकमा भारतले हतियार दिन्छ राजा फाल्न सशस्त्र संघर्ष गरौं भन्दा मदन भण्डारीले झपारेको कुराले नै पुष्टि गर्दछ । जसको खुलासा उक्त बैठकमा सहभागी आरके मैनालीले गरिसकेका छन् । प्रचण्डले हेक्का राख्न जरुरी छ । कुनै समय दुई ठाउँबाट पराजित माधव नेपाललाई संसदमा ल्याएर प्रधानमन्त्री बनाइएपछि बिष रोपिएछ भनेर गर्नु परेको आन्दोलनको स्मरण नगरीकन माधव नेपाललाई बोक्नु नै अहिलेको परिणाम हो । उनै नेपालको साथमा मिति २०७७ पुस ५ गते दर्ता नं. १ समय १०ः३० बजे सभामुखसमक्ष प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेशसँगै प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दर्ता भइसकेपछि ओलीले संसद नै विघटन गरिदिए । यो कटवाल प्रकरणपछिको अर्को घटना हो ।

यस अर्थमा यसलाई प्रचण्डकै कमजोरीका कारण घटेको भन्नु पर्ने हुन्छ । नेपालीमा एउटा उखान छ, जैसी बुद्धि काम लाग्दैन । प्रचण्डको यो प्रयत्न त्यही जैसी बुद्धि देखिएको छ । अहिलेको लडाइँ कुनै दल विशेषसँग मात्रै जोडिएको छैन । चीन र अमेरिकी सैन्य अखडाको एजेन्डासँग जोडिएको छ । यो अवस्थामा नेकपाभित्र टकराइरहेको राजनीति ओली, प्रचण्ड या पूर्व एमाले र पूर्व माओवादीको होइन, परास्त भइसकेको इन्डो अमेरिकी क्याम्प विभिन्न षड्यन्त्रमार्फत् जुर्मुराउन खोजिरहेको मात्रै हो । जसरी विगतमा श्रीलंकामा महिन्द्रा राजपाक्क्षेविरुद्ध उनकै पार्टीभित्रबाट मैत्रीपाला श्रीसेना खडा गरेर रअ खेलेको थियो त्यो खेललाई पछि चीन र राजापाक्षेले पराजित गरिदिएका थिए । अहिले श्री सेनाको भूमिकामा प्रचण्डसँगै उभिएर माधव नेपालले खेल खेले । यो संसद विघटनको घटनामा नेपालमा अस्थिरता चाहने बाह्य शक्ति भारत र अमेरिका जति सक्रिय थियो त्यसको प्रमुख पात्र माधव नेपाल थिए । उनै नेपाललाई बोकेर हिँड्नु नै प्रचण्डको राजनीतिक अवसानको यात्रा बन्न गयो ।


सम्बन्धित समाचार