Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली काँग्रेसको भ्रष्ट पुस्तालाई तह लगाउन युवा पुस्ताको गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे, धनराज गुरुङ, महेन्द्र यादव, उदयसमशेर जबराको टिम एक हुन सक्ला कि नसक्ला ? बालकृष्ण खाँण, एनपि साउद, नविन्द्रराज जोशी, चन्द्र भण्डारी, शंकर भण्डारीहरूको टिमलाई संसदको गतिविधि जानकारीमा छ । त्यसो त गगन थापा, धनराज गुरुङ, महेन्द्र यादवहरू समेत संसदीय मोर्चामा भिडेका काँग्रेस हुन् ।
तर काँग्रेसको निम्ति घातक शक्तिको रुपमा देखिएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला मात्र होइनन् डा. रामशरण महत, गोपालमान श्रेष्ठ, सुजाता कोइराला, विमलेन्द्र निधिहरूको छायाँ परिवर्तित काँग्रेसका निम्ति दिगो देखिँदैन । एक पटक पदमा पुगेपछि सधैं बुढो पुस्ताले पार्टी सत्ता कब्जा गर्ने प्रवृत्ति सबै दलमा छ । सरकार समय अनुकुल सञ्चालन नहुने भ्रष्टाचार बढी रहनुको कारण नेतृत्वमा लोभी पापी टिम हटाउन नसक्नु हो । सिद्धान्त र विचारको लडाइँ अहिले पनि छैन ।
जनतालाई आकर्षण गर्न काँग्रेसको एउटा पुस्ता धर्म निरपेक्षताको विरुद्ध हिन्दूत्वको भारी बोक्दैछ । काँग्रेसले संविधान संशोधन गर्न सक्दैन । दुई तिहाईको समर्थन बिना संविधान संशोधन हुँदैन । हिजो धर्म निरपेक्षताको एजेन्डामा युरोपेली युनियनले डलर बर्सायो. त्यो बेला काँग्रेसका कृष्ण सिटौला, डा. रामशरण महतदेखि विमलेन्द्र निधि मात्र होइनन् रामचन्द्र पौडेलसम्म पैसामा चुर्लुम्म भएको अवस्थामा काँग्रेस समय अनुकुल ढंगले चल्यो । हिन्दूत्वको आवाज जसले उठायो ऊ छैन । स्व. खुमबहादुर खड्काको उत्तराधिकारी बनेका तरुण विभागका संयोजक पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी हिन्दुत्वको ब्यानरमा उभिएका छन् ।
भ्रष्ट शिरोमणिहरूको भिडले काँग्रेस ग्रस्त छ । सत्तामा तीनकै भाउ बढ्दो छ । पैसा तिनैसँग छ । विगत गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङको पनि विवादरहित भएन । तर अहिले कम्युनिष्ट पार्टीले ल्याएको अधिनायकवादी चरित्रसँग लड्न यी युवाहरूको मत एक देखिन्छ । यिनको एकता हुन्छ कि हुँदैन शंका छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल