Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दश दिने ग्यापमा हुन्छ चलखेल

काठमाडौं । प्रधानमन्त्री निर्वाचन हुने कुरामा ढुक्क छन् । उनले सेनाको साथ नपाइकन संधिवान तोडेर हुँदा खाँदाको दुई तिहाईमाथि लोप्पा दिँदै दुई वर्ष अगावै संसद भंग गर्न सक्दैनथे । वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेकाअनुसार संवैधानिक इजलासको सुनुवाई सकिएको १० दिनसम्म नेपाली राजनीतिक क्षेत्रमा चलखेल हुन्छ । अदालतमा जाने अरु मुद्दा सिम्पल हुन्, तर राजनीतिक मुद्दा थ्यौरीमा जान्छ, केशरीको यो विचारले देशको बिग्रदो राजनीतिलाई संकेत गरेको छ ।
भारतले नेपाली जनताको मतलाई वास्ता गर्दैन । नेपालमा हस्तक्षेप गर्ने भारत जति सक्छ त्यो अवस्था चिनको हुँदैन । तर यस पटक नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध भएकोेले पनि नेकपा विभाजन भएकोमा चिन चिन्तित हुनु स्वाभाविक हो । नेपालको संविधान जारी नगर्न भारतले दबाव दिँदा दलहरूले मानेनन् । त्यही कारण भारतले नेपालको संविधान मानेको छैन । यो समयमा सेना सेनाबीचको सम्बन्धले काम गरेको अवस्था छ । भारत र चीनको सेनाको प्रभाव नेपाली सेनामा छ, सेनाको प्रभाव सर्वोच्च अदालतमा छ त्यही कारण मेल्ट्रीको चाहना र साथमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको वरिष्ठ कानुन विदको तर्क छ ।

भारतीय हैकम नेपालको हरेक क्षेत्रमा छ । चीनको चहलपहल कमजोर बनाउन अमेरिका चाहन्छ । भारतीय चहलपहल जताततै छँदैछ । त्यही कारण आफूले साथ नदिएको संविधान टिक्न नसक्ने दाबी भारतीय शासकहरूको छ । भारतले चाहेमा अमेरिकी शासक र पश्चिमा राष्ट्रहरूको साथमा संविधान नै कोल्याप्स हुने सम्भावना पनि छ । अमेरिका नेपालमा जबर्जस्त एमसीसी लाद्न चाहन्छ । नेपालका नेताले एमसीसीको पैसा खाएकाले पनि शंका झन् बढेको हो ।