Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संवैधानिक इजलासमा सपना श्रीमान्

काठमाडौँ । चौतर्फी रुपमा पूर्ण इजलासको माग भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि अर्को संवैधानिक इजलास गठन गरेका छन् । अधिवक्ताहरूले प्रश्न उठाएपछि इजलासमा नबस्ने बताएका हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर इजलास पुनर्गठन गरिएको हो । संवैधानिक इजलासमा अरु तीन न्यायाधीशहरू यथावत छन् । विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसीले इजलासमा निरन्तरता पाएका छन् । न्यायाधीश हरिकृण कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेको भन्दै उनले इजलासमा बस्दा स्वार्थ मिल्ने भन्दै उनीमाथि प्रश्न उठाइएको थियो । प्रधानन्यायाधीश राणाले न्यायपरिषदले सिफारिस गरेका १४ न्यायाधीश मध्येबाट ४ जना छनौट गरेका हुन् । प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ। प्रतिनिधिसभा विघटन विरूद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए। सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ। विवाद कहाँ सुनुवाइ हुने भन्ने आज मात्र तय हुनेछ। यही १० पुस गते अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले यही पुस १९ गते महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन्।