Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाको खोप लगाएका ५२ जनामा देखियो समस्या

काठमाडौँ । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । यसमध्ये एक जनाको अवस्था गम्भीर छ । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । जसमा ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको हो ।
पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो । स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो ।
उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतमा प्राथमिकताका आधारमा सरसफाईका कर्मचारीलाई स्वास्थ्यकर्मीलाई पहिलो चरणमा शनिबारबाट कोरोना भ्याक्सिन लगाएर कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गरेका हुन् । भारतमा सुरु भएको अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भएको दाबी गरिएको छ । दैनिक विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले जानकारी दिएका छन् । भारतमा कोभिशिल्ड र कोभ्याक खोप लगाउन थालिएको हो ।