Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना आतंकबीचमा आशाको दियो सञ्चार भइरहेको बेला भारत सरकारको अनुदान सहयोगमा कोरोनाभाइरस विरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुगेको छ । एयर इन्डियाको विमानबाट आएको कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई हस्तान्तरण गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ः४५ बजे खोप बोकेको विमान अवतरण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिसिल्ड खोपलाई टेकुस्थित केन्द्रिय खोप भण्डारणमा राखिने बताइएको छ ।
टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा आवश्यकताको आधारमा पु¥याइने बताइएको छ । यस्तै प्रदेशबाट जिल्ला–जिल्ला तहमा खोप पुर्याइने छ । यो खोप प्रत्येक व्यक्तिलाई दुई मात्रा कम्तिमा ४ साताको फरकमा दिनुपर्ने बताइएको छ । नेपालमा हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् भने खोप लगाइदिने जनशक्ति ८ हजार छन् । भारतले १० लाख डोज दिएको कोरोनाविरुद्धको सिरम इन्सिच्यूट अफ इन्डिया (एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधी निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्ड नामक खोप विकास गरेको हो ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल