Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विद्यार्थी आन्दोलनबाट खारिएर आएकी एउटी नेतृले बोलीमा संयमता अपनाउन नसक्दा अहिले आलोचनाको पात्र बन्नु परेको छ । गणतन्त्रका लागि विद्या भण्डारी र रामकुमारी झाँक्रीको योगदान कसको कति छ भन्ने आम नेपालीलाई थाहा भएकै कुरा हो । तर एउटा संस्थामाथि रामकुमारीले दिएको अभिव्यक्ति खेदजनक नै छ । यही बेला राष्ट्रपति सहित एकल महिलाको मान प्रतिष्ठामा आघात पर्ने अभिव्यक्ति दिएको र चरित्रहत्या गरेको भन्दै प्रचण्ड माधव पक्षधर नेकपा नेतृ रामकुमारी झाँक्रीलाई मुलुकी अपराध संहिता बमोजिक कारवाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
जबकि गृहमन्त्री पदमा रामबहादुर थापा बादलको प्रवेशसँगै देशमा घटेका बलात्कार र महिला हिंसाका घटनाका दोषीहरुमाथि गृह मन्त्रालयले कडा कारबाही गरेको रेकडै छैन । ओली पक्षधर अखिल नेपाल महिला संघका पदाधिकारीले आज प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामवहादुर थापा बादललाई भेटी झाँक्रीलाई तत्काल पक्राउ गरेर कारवाही चलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
अखिल नेपाल महिला संघका संयोजक सीता पौडेलको नेतृत्वमा गएको टोलीले देशभरका एकल महिलामाथि अपमान गर्ने गरि सेतो सारीको प्रसंग उठाएको र राष्ट्रपतिको व्यक्तिगत चरित्र हत्या गरेकोले तत्काल कारवाही गर्न माग गरेको सचिव सुजिता शाक्यले बताइन् ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले झाँक्रीको अभिव्यक्ति राजनीतिक नभएको र चरित्रहत्या गर्ने तथा एकल महिलामाथि हिंसा गर्ने खालको रहेकाले कारवाहीका लागि छलफल भइरहेको बताएका छन् । महिला नेताहरुसँग कुरा गर्दै गृहमन्त्रीले यसबारेमा यथार्थ बुझेर कारवाही गर्न प्रहरी महानिरीक्षकसँग पनि छलफल भएको जानकारी दिएको शाक्यले बताइन् ।
स्मरणीय छ कञ्चनपुरकी चेली निर्मला पन्तको बलात्कारपछिको हत्या काण्डका बारेमा संसदलाई गृहमन्त्रीका हैसियतले जानकारी दिँदा यस्ता बलात्कारका घटना दोहोरिरहन्छन् भनेका थिए । उनले त्यहाँ मात्र होइन संसदको सामाजिक न्याय तथा सामाजिक विकास समितिको बैठकमा समेत उस्तै प्रतिक्रिया दिएर बलात्कार र हत्या जस्तो घटनालाई सामान्य बनाउनुपर्ने बाध्यता के थियो ?
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल