Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

रुपन्देही । देवदह नगरपालिका–१० चरङगे बस्ने २३ वर्षीया माया परियार र सोही ठाउँ डेरा गरी बस्ने गुल्मी रेसुङगा नगरपालिका(१० सिमलचौर घर भएका ३२ वर्षीय चिन्ता बहादुर परियारलाई अवैध लागूऔषध गाँजा करिब ८ सय ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
माया परियारको घरमा लागूऔषध गाँजा विक्री वितरण भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा २ वटा बोरामा लुकाइछिपाइ राखेको उक्त परिमाणको लागूऔषध फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल