Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि अनमोलसँगै सुहानाको जोडी

गत वर्षको अन्तिममा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ए मेरो हजुर ३ बाट डेब्यू गरेकी अभिनेत्री हुन्, सुहाना थापा । यो फिल्मले बक्सअफिसमा १० करोडको आसपासमा व्यापार गरेको रिपोर्ट प्राप्त छ । फिल्मले निर्मातालाई बोरामा पैसा मात्र दिएन, सुहानालाई पनि स्टार बनायो । फिल्ममा उनको अभिनयले गजबकै प्रशंसा भयो । अहिले उनलाई राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ ।
अभिनेत्री झरना थापाकी छोरी सुहानाले डेब्यू फिल्मबाटै लोभलाग्दो फ्यान फलोइंग र स्टारडम कमाएकी छन् । अहिले उनलाई बाहिरी ब्यानरबाट फिल्मको अफर पनि राम्रो छ । तर, उनलाई तत्काल बाहिरी ब्यानरको फिल्म गर्न अनुमति छैन । निर्माता सुनिल कुमार थापाका अनुसार, अध्ययन पूरा भएपछि मात्र सुहानाले बाहिरी ब्यानरको फिल्म गर्नेछिन् । तर, घरको फिल्ममा लञ्च गर्न भने सुनिललाई छोरीको अध्ययन बाधक बनेन ।
गएको दुई महिनादेखि ए मेरो हजुर ३ को प्रदर्शनका लागि अभिनेत्री तथा निर्देशक झरना र अभिनेत्री सुहाना विदेशमा छन् । यो फिल्मको दर्जन बढी देशमा सफल प्रदर्शन भइसकेको छ । अझै केही देशमा बाँकी छ । झरना नेपाल फर्किएपछि नयाँ फिल्मको तयारीमा जुट्ने बताइएको छ ।
झरना फेरि छोरी सुहानाको जोडी अभिनेता अनमोल केसीसँगै बाँध्न चाहन्छिन् । यूरोप उड्दै गर्दा उनले भनेकी थिइन्, भागवत गीतामा मेरो पहिलो रोजाइ अनमोल र सुहाना नै हुनेछन् ।


सम्बन्धित समाचार