Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्री सन्तोष प्रसाई नियुक्त हुनु भएको छ । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो । संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि श्री बीमा समितिमा पठाउने निर्णय गरेको छ । संचालक समितिले उहाँको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वस व्यक्त गरेको छ ।
विगत साढे ३ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहनुभएका सन्तोष प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको थियो । यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय श्री बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हाल्नु भएको थियो ।