Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. केसीलाई थपियो चुनौती केयूमा विद्यार्थी ठगिदै

         

काठमाण्डौ । काठमाण्डौ विश्व विद्यालय भित्र बढेको माफीयाकरणलाई नियन्त्रण गर्न उपभोलपति डा. भोला थापाले सक्छन् सक्दैनन् तर्क फरक राख्न सकिन्छ । तर डा. सुरेश राज शर्मा र मुकुन्द शर्मा गिरोहबाट परिचालन भएका लुटाहाहरुले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुबाट राज्यले तोके भन्दा बढि पैसा लिने अभियानलाई भने यतिखेर विश्व विद्यालयका परिक्षा नियन्त्रक पन्ना थापाले चर्काएका छन् । मेडिकल माफीयाका नामले परिचित दुर्गा पर्साइको कलेजलाई आवश्यक पर्वाधार पूरा नगरि सम्बन्धन दिन तम्सीएका माफीयाहरुलाई मेडिकल शिक्षा सुधार अभियन्त डा. गोविन्द केसीका विश्वास पात्र डा. अविषेख सिहंले सघाउन थालेका छन् । मेडिकल माफीयाहरुको अविभाक बनेको काठमाण्डौ विश्व विद्यालय भित्रको लुटका बारेमा पत्रपत्रिकाले खोतल्न थालेपछि माफीया मुकुन्द शर्मालाई धेरै छट्पटी भएको हुनु पर्छ । किनकी सुरेस राज शर्मा उपकोलपति हुदाँ विश्व विद्यालय भित्र लुट मचाउने यिनै थिए । यिनै शर्माको नियन्त्रणमा दशवटा प्रोजेक्ट संचालन गरिएका थिए । त्यहाँबाट भएको आमदानी शर्मा दाजू भाइ र भ्रष्ट नेताको खल्टी भरिन्थ्यो । अहिले परिक्षा नियन्त्रक पन्ना थापा मार्फत विद्यार्थीहरुले आफुले पढ्न चाहेको विषयमा नाम निकाल्न घुस खुवाए भने मात्र नाम निस्किन्छ नत्र विद्यार्थी हेरेको हेरै हुने अवस्था सिर्जना गरिएको छ । नेकपाको सरकारको समयमा पनि शिक्षा क्षेत्रमा माफीया करण चर्कनुले भ्रष्टचारको मामलामा काग्रेस र कम्युनिष्ट फरक भएनन् भन्ने प्रमाणित गर्दछ । झापामा मेडिकल कलेज चलाउन दुर्गा प्रसाँई नामका माफीयाले प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री किष्ण गोपाल श्रेष्ठको नाँउ भजाएका छन् । उनी जस्ता माफीयहरु नै मेडिकल शिक्षा सुधार आयोगका उपाध्यक्ष डा. श्री कृष्ण विरुद्ध लागेका हुन् । मेडिकल शिक्षालाई माफीयाकरण हुनबाट जोगाउन २१ औँ पटक सम्म अनसन बसेका डा. गोविन्दा केसीलाई आफ्नै विश्वास पात्र डा. अविषेक सिहं कूपात्र बनेको जानकारी छ की छैन ? आम विद्यार्थीहरुले चासो लिएका छन् ।