Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । ओली सरकारले घोषणा गरेको निर्वाचनको विषयलाई लिएर नेपाली काग्रेस र जनता सामाजवादी पार्टीमा मात्र होइन नेकपामा समेत मत मतान्त्रर बढेको छ । सम्सद पूर्न स्थापनाको पक्षमा काग्रेसका रामचन्द्र पौडेल नेकपाका पुष्प कमल दाहाल जसपाका उपेन्द्र यादवको मत मिलेको छ भने निर्वाचनको पक्षमा प्रधानमन्त्री ओली शेर बहादुर देउवा महन्त ठाकुरको मत मिलेको छ । यतिखेर मधेसवादी दलमा देखिएको दूई धार चरित्र यस्तो छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी नेपाल गठन हुने वित्तिकै नवगठित पार्टीमा दुई धार देखिएको छ – एउटा समाजवादी पार्टीको धार र अर्को राजपा नेपालको धार । पार्टी एक भए पनि अझै यी दुवै धार ९समूह० ले समानान्तररुपमा पार्टी गतिविधि गर्दै आएका छन् ।
एउटा समूहको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन् । उनीहरुले आ–आफ्ना पूर्व पार्टीका भातृ संगठनलाई क्रियाशिल बनाएर कार्यक्रम गर्दै हिँडिरहेका छन् । एउटा समूहले गरेको कार्यक्रममा अर्को समूहका नेताहरु सहभागी भएका छैनन् ।
पार्टीभित्र स्पष्टरुपमा दुई समूह देखिन थालेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व राजपा नेपालका नेताहरुलाई आफ्नोतिर तान्ने रणनीति बनाएका छन् । राजपा समूहलाई नै कमजोर गर्ने गरी उनी नेताहरुलाई आफ्नो पक्षमा पार्न थालेका हुन् । तत्कालिन राजपा नेपालका अध्यक्षमण्डलमा छ जना सदस्य थिए । ती ६ जना सदस्यहरु अहिले एक ठाउँमा छैनन् । छजना सदस्यमध्ये महेन्द्रराय यादव र शरतसिंह भण्डारी अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागि सकेका छन् । यादव र भण्डारीले उपेन्द्र यादव पक्षबाट आयोजित कार्यक्रममा समेत भाग लिन थालेका छन् भने पूर्व राजपा नेपालका भातृ संगठनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पनि छाडेका छन् ।
दुई पार्टीको समायोजन गराउन छाडेर उनीहरु उपेन्द्र यादवको साथमा गएर उल्टै राजपा नेपालको विरोधमा लागेको पूर्व राजपा नेपालका नेताहरुको आरोप रहेको छ । जसपा नेपालका नेता महेन्द्र राय यादव सुनसरी पुगेर राजपा नेपाल सांगठनिक रुपमा निकै कमजोर रहेको र देशभरि उसको संगठन नरहेको अभिव्यक्ति दिएपछि सो पार्टीका युवाहरुले उनको विरोध गरे । पार्टी समायोजनकै प्रकृयामा रहेको बेला आफनै पार्टी ९राजपा० लाई कमजोर देखाउने गरी गतिविधि गरेको भन्दै उनलाई कारवाहीको माग समेत गरेका हुन् ।
दुई पार्टीबीच एकीकरण गराउनमा महेन्द्र राय यादवले निकै मेहनत गरेका थिए । राजपा नेपालका अन्य नेताहरु एकताका लागि सकारात्मक नभएपनि उनले एकताका लागि कहिले प्रयास छाडेका थिएनन् । उनले राजपा नेपालले एकीकरण नगरे आफू एक्लै भएपनि समाजवादी पार्टीसँग एकीकरण गरेर जानेसम्म भनेका थिए ।
त्यही बेलादेखि उपेन्द्र यादव र महेन्द्र राय यादवबीच राम्रो दोस्ती भएको थियो । अहिले एकीकरण हुने बित्तिकै राजपा नेपाल समूह छाडेर उनी उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी समूहमा लागेका छन् ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल