Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं।राष्ट्रिय बाणिज्य बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरमा मिस नेपाल अनुष्का श्रेष्ठलाई अनुवन्धन गरेको छ। ब्राण्ड एम्बेस्डर सम्वन्धी सम्झौंतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका अध्यक्ष गोपालसुन्दर कक्षपतिले हस्ताक्षर गरे।सिईओ श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढिरहेको बताउँदै आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको लागि बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल नियुक्त गरेको बताए।
मिस नेपाल श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा खुशी लागेको बताए।बैंकले गत आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ।यो अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंयाँ र कर्जा १ खर्ब ४४ अर्ब रुपैयाँ छ।
२०८२ बैशाख ५
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल