Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरुवामा चलखेल गर्ने गृहमन्त्रीका विश्वासपात्र हटाइए

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नै ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही गरेका छन् । उनले तामाङलाई स्वकीय अधिकृतबाट हटाएका छन् । ३० माघबाट लागू हुनेगरी तामाङ हटाइएका हुन् । उनलाई माघ महिनाका तलब मात्र बुझ्न पाउने गरी हटाइएको पुष्टि गृहमन्त्रीका निकटस्थले पुष्टि गरेका छन् । बीरु तामाङमाथि प्रचण्डलाई सूचना चुहाएको आरोप छ । नेकपा विभाजनपछि बादल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा छन् । तर, तामाङले प्रचण्डसँग सम्बन्ध कायमै राखेका थिए । बीरु तामाङ प्रहरी र सशस्त्र प्रहरीको सरुवा तथा बढुवामा भुमिका देखाउँदै आएका थिए । उनी प्रहरी र सशस्त्रको मुख्यालय र आइजीपीको निवासमा पुगिरहन्थे ।


सम्बन्धित समाचार