Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुल्यो ज्योति लाइफको आइपिओ खुल्यो ५ लाख ९४ हजारले पाउने

काठमाडौं । आजदेखि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) खुलेको छ। कम्पनीले आइतबारदेखि आइपिओमा आवेदन खोल्ने भने पनि सिडिएस एण्ड क्लियरिङको आग्रहपछि आजदेखि नै बिक्री खुल्ला गरिएको छ। कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो। अंकित मूल्य १ सयका दरले ६६ लाख कित्ता सेयर जारी हुनेछ। जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ। आइपिओ भर्नेमध्ये ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले पाउने छन्। पछिल्लो समय आइपिओ भर्नेको संख्या १५ लाख नाघ्ने गरेको छ, यस हिसावमा यो कम्पनीमा आवेदन दिनेमध्ये ९ लाख भन्दा धेरैको हात रित्तो हुनेछ। आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। फागुन २६ गतेसम्म यसमा आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर र आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ।प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९ रुपैयाँ छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ। जवकि गत वर्षको यसै अवधिमा ६ करोड ८९ लाख कमाएको थियो।