Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इन्जिनियर साब ५० हजार घुससहित चिरिप्पै

हेटौंडा । बागमती पर्यटन विकास आयोजनाका सब इन्जिनियर नेत्र लामिछाने ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले लामिछानेलाई सेवाग्राहीबाट लिएको ५० हजार घुससहित रंगेहात पक्राउ गरेको हो। आर्थिक वर्ष २०७५र०७६ मा धादिङमा पर्यटन विकाससम्बन्धी काम गर्दा ठेकेदार कम्पनीले राखेको धरौटी वापतको रकम फिर्ता माग गर्दा इन्जिनियर लामिछानेले रकम फिर्ता गराउन ५० हजार घुस लिँदै गर्दा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। उनीविरुद्ध भ्रष्टाचार कसुरमा मुद्दा चलाइने अख्तियारले जनाएको छ।