Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दर्ता होला त अविश्वास प्रस्ताव

काठमाडौं । पुनस्र्थापित संसदको हिउँदे अधिवेशन भोलिबाट शुरु हुँदैछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको किचलोका कारण सरकार गठन अझै अनिश्चित छ। वर्तमान ने क पा एकीकृत रहँदासम्म सरकार गठनको दोस्रो बलियो विकल्प बनेको छैन। तर, विपक्षी दलसँगको सहकार्यमा ने क पाकै एक पक्ष प्रचण् नेपाल समूह सरकार फेर्ने कसरतमा छ। राजनीतिक ध्रुवीकरणबीच आन्तरिक बैठकहरु तीव्र छन्। यद्यपि प्रतिनिधिसभा अधिवेशन आह्वानसँगै नयाँ सरकार गठन हुने दाबी प्रचण्ड नेपाल समूहको छ।

सरकार परिवर्तनका लागि उक्त समूहले भरोसा गरेको विपक्षी कांग्रेस अझै पर्ख र हेरको नीतिमै छ। शुक्रबार सभापति शेरबहादुर देउवा स्वयम्ले सांसदहरुलाई तत्काल ठोस निर्णयभन्दा छलफलमा जोड दिएका छन्। संसदीय दलको बैठकमा देउवाले ने क पाको प्रचण्ड नेपाल समूहसँग थप आश्वस्त हुन चाहेको पनि बताएका छन्। देउवाले कानुनी रुपमा ने क पा एकै रहेको अवस्थामा सरकार बनाउने वा सहभागी हुने निर्णय गर्न हतार हुने पनि सांसदहरुलाई बिफ्रिङ गरेका छन्। शुक्रबार देउवाले सांसदको सुझाव सुनेका छन्। आफ्ना विचार राख्ने क्रममा भने देउवाले ने क पा अझै मिल्न सक्ने परिस्थितिलाई पनि मध्यनजर गर्नुपर्ने बताएका छन्।

विभाजन गर भनेर भन्न नसकिने तर भोलिको अवस्थाबारे स्पस्टता लिन सकिने उनको भनाई थियो। देउवाले प्रचण्ड समूहबाट स्पष्ट निर्णय तथा सरकार गठनका लागि लिखित नै आग्रह खोजेको आसय बैठकमा व्यक्त गरेका छन्। बैठकमा देउवाले सरकारमा जान नजाने विषय प्रमुख नरहेको बताएका थिए। उनले अहिले कांग्रेसले पर्ख र हेरको रणनीतिमै बस्नु उपयुक्त हुन धारणा राखेको एक सांसदले बताए। देउवाले यसअघि पनि आफ्ना सांसदहरुलाई ने क पा फुटको अवस्था यकिन नभएसम्म सरकारका विषय बोल्नु उपयुक्त नहुने धारणा राखेका थिए।

यद्यपि पछिल्ला दिनहरुमा सरकारको नेतृत्व गर्न देउवा तयार रहेको स्रोत दाबी गर्छ। देउवाको प्रचण्ड नेपाल समूहसँग सहकार्य गरेर विश्वासको मत लिने र सरकारको नेतृत्व गर्ने अवस्था भने बढिरहेको छ। स्रोतहरुका अनुसार आइतबार ने क पाको प्रचण्ड समूह र कांग्रेसका सांसद समेत रहेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ। जसमा देउवालाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्ने तयारी छ। शुक्रबार नै प्रस्ताव दर्ता गर्ने भनिए पनि कांग्रेसको संसदीय दलको बैठक नसकिएका कारण सम्भव नभएको प्रचण्ड समूहका एक सांसदको दाबी छ।