Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्तित्व रक्षाका लागि तयार हुन प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शमौ ओलीले आफू स्वस्थ रहेको भन्दै अझै १५ वर्ष राजनीतिक मैदानमै रहने बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले केही व्यक्ति आफूलाई मरिहालोस् भन्ने चाहे पनि आफू अझै १५ वर्ष मैदानमै हुने दावी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा मिडिया र सामाजिक सञ्जालमा भइरहेका चर्चा–परिचर्चा खण्डन गर्दै आफूलाई मरिहालोस् भन्ने विरोधीलाई आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौती दिए। अचम्म लाग्छ । विरोधीहरु कति कमजोर भएछन् भने ऊ बाँचोस् तै पनि मुकाविला गर्छु भन्ने छैन, मरिहालेदेखि हुन्थ्यो भन्छन्, उनले भने, मलाई यस्ता प्रवृत्तिसँग केही भन्नु छैन। मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनावको सामना गर्नका लागि तयार भएर बस्न आग्रह गर्दछु।

प्रधानमन्त्री ओलीले आउँदो निर्वाचनमा अस्तित्व रक्षाको लडाईं अहिलेदेखि नै सुरु भएको दावी गरे। यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गर्‍या हुनाले फेरि निरास होलान् पछि भनेर। धेरै निरास नहुन् भनेर । अझै १५ बर्ष अखडामा हुन्छु। त्यसकारण पूजा अर्चना, प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताए। उनले संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको दावी समेत गरे।
उनले ठूलो बलिदानी र विभिन्न पक्षहरुको योगदान र तपस्यापछि मात्रै उपलब्धिको निचोडको रुपमा संविधान प्राप्त भएको उल्लेख गर्दै यस कार्यमा सहभागी सबैले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिए।
केही दिन अघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली बिहीबार पुनः उपचारका लागि नै सिंगापुर जाँदै छन् ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल