Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा फर्केपछि माधवले बोलाए आफ्नो पक्षको बैठक

काठमाडौं । प्रचण्डलाई अध्यक्ष बनाएर नेकपाको द्वितीय अध्यक्ष बन्न पुगेका माधवकुमार नेपालले नेकपा एमालेमा फर्किएपछि आफ्ना पक्षका केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन् । सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष सोमवार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक गरेर छुट्टिएको थियो । एमाले पुनःस्थापित भएयता अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग भेटेका छैनन् ।

यसबीचमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेताहरूले माओवादीबाट आएका नेताहरूको व्यवस्थापनलगायतका विषय टुंगो लगाउँदैछन् ।

‘एमालेमै बसेर केपी ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने’ निष्कर्षसहित पेरिसडाँडाबाट छुटेको माधव नेपाल पक्षले आज अपरान्ह ४ बजे आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई बानेश्वरको अर्याल होटलमा बोलाएको छ । केन्द्रीय सदस्य हरिबहादुर राईले बैठक बोलाइएको पुष्टि गरे । अब कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्न केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक बस्न लागेको बताइएको छ । अध्यक्ष ओलीले चाँडै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन् ।


सम्बन्धित समाचार