Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पत्रकारहरु चुनावी मोर्चामा

काठमाण्डौ । जनतालाई सुचनाको साहारा दिने नेपालका श्रमजीवी प्रत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिबेशनको तयारीको निम्ति केन्द्रमा बरिष्ट पत्रकार कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति घोषणा भएपछि शुरु भएको चुनावी चहलपहल भृकुटी मण्डपसम्म आइपुगेको छ । यस पटक जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन एकै दिन हुने भएकोले राजनीतिक दलसँग आवद्ध पत्रकारिताका संस्थाहरु प्रेस यूनियन, पे्रस सेन्टर, प्रेस चौतारी निकट पत्रकारहरु चुनावी प्रतिस्पर्धामा कसरी प्रस्तुत हुन्छन् त्यसको संकेत देखिएको छ्रैन । तर काठमाण्डौ साखाको कार्यलय भृकुटी मण्डपमा भने फुर्सदीला पत्रकारहरुको भिड जम्मा हुने गरेको छ । गैरपत्रकारहरुलाई सदस्यताबाट हटाउने अभियानमा महासंघका पदाधिकारीहरुले भाषण गरेपनि व्यवहारमा त्यस्तो देखिएको छैन । चुनावको माहोल शुरु भएपछि नयाँ सदस्यता स्वीकृति पूरानो सदस्यहरुको नवीकरण अभियान चलाउने विगतको परम्परा यस पटक पनि केन्द्र, प्रदेश र जिल्ला शाखाहरुले तोड्न सकेनन् ।

देशभरिका शाखा मध्ये धेरै सदस्य भएको ठूलो शाखा भएकोले पनि काठमाण्डौको निर्वाचनलाई केन्द्रले समेत चासो लिने स्थीति टुटेको छैन । काठमाण्डौ शाखामा विगत देखि नै बामपन्थी शक्क्तिहरुको संयुक्त प्यानलले नेतृत्व लिदै आए पनि यस पटक खुला मतदान हुने भएकाले केन्द्रमा हुने गठबन्धनको असर प्रदेश र जिल्लामा पनि पर्ने अवस्था छ । साना लगानीका स्वोरोजगार मूलक पत्रपत्रिकाहरुको बाहूल्यता भएकोले काठमाण्डौ शाखामा नेतृत्वमा पुग्न संगठनीक सहकार्य हुनु जरुरी छ । पत्रकार महासंघको चुनावलाई प्रभाव पार्ने दूई शक्तिmहरु प्रेस सेन्टर र प्रेस चौतारी बिच कार्यगत एकता भयो भने प्रेस यूनियनलाई अप्ठ्यारो पर्ने छ । केही समय अघि जनपत्रकार संघ, प्रेस नेपाल, क्रान्तीकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संगठनले समावेशीताको सिद्दान्तलाई आदार मानेर महासंघका केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व चैन हुनु पर्ने सहमति गरेका छन् ।

उनीहरुको यो सहमतिलाई पत्रकार महासंघको वर्तमान नेतृत्वले कसरी लिएको छ थाहा छैन । तर जिल्ला अधिवेशनबाट नेतृत्व लिने अपेक्षा गरेका पत्रकारहरु आफ्ना पार्टी निकट नेताहरुको सेवामा लागेको देखिन्छ । सबैको ध्यान प्रेस सेन्टर र प्रेस नेपालको गठबन्धन कता हुन्छ त्यतै जनमत जाने तर्फ केन्द्रीत छ । विगतमा प्रेस चौतारीले प्रेस सेन्टरलाई धोका दिएपछि प्रेस सेन्टर प्रेस यूनियनको गठबन्धन केन्द्र भए जस्तै अहिलेपनि राजनितिक परिवेशले वातावरण त्यस्तै बनाउने त होइन शंंका बढेको छ ।