Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदेश २ का प्रमुखले देखाए चमत्कार !

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीको विश्वास पात्र बन्न नागरिक समाजका विरुद्ध बोल्दै हिडेका राजेश झा प्रदेश २ को प्रमुख बनेर गएपछि त्यहाँको सरकारका मन्त्रीहरुलाई हैरान बनाएका छन् । उनले आफूलाई केन्द्रको प्रतिनिधिका रुपमा चिनाउन नसक्दा संघिय संरचनामा स्थापित प्रदेश सरकार समेत अफठ्यारोमा परेको छ । यति खेर समाज सेवामा परिचित व्यक्ति भन्दा पार्टीका दलाल र नेताका हनुमानहरुलाई पदक दिलाउने प्रतिस्पर्धा केन्द्र देखि प्रदेश सम्म चलेको छ ।

गृह मन्त्रालयले पदक तथा सम्मानका निम्ति नाम सङ्कलन र छनोट गर्ने अधिकार पाए पनि गृह मन्त्री राम बहादुर थापाको नालायकीपनको कारण गत वर्ष उपप्रधान एवम रक्षा मन्त्री इश्वर पोख्रेल मानसम्मान पदक तथा विभूषण समितिको संयोजक बनेर आफ्नो केश काट्ने नाँउलाई समेत पदक दिलाएका थिए । सत्ताका दलालहरुलाई वितरण गरिने त्यस्ता पदक तथा विभूषणहरु पञ्चायति कालमा जस्तो थियो अहिले त्यही प्रवृत्ति र शैली अपनाउने गरिएको छ । लुम्बिीनी प्रदेश सरकारले यस्ता पदकहरु एमाले नेताहरुको नाममा गत वर्ष देखि वितरण गर्न थालेको छ । यही स्थीति प्रदेश २ मा पनि शुरु गरिदै छ । संघिय सरकारको सिफारिसमा समाजका उत्कृष्ट महानुभावहरुलाई दिलाइने पदकमा समेत मनपरि हुन थालेपछि सवत्र विरोध हुने गरेको छ । यस्ता पदकहरु प्रदेशले वितरण गर्न थालेपछि नगरपालिका र गाँउ पालिकाले पनि वितरण गर्न चाहे भने त्यो पदकको मर्यादा कति हुन्छ ?

प्रदेश २ प्रमृुख राजेश अहिराज प्रधानमन्त्री केपि ओलीका विश्वासीला पात्र भएको नाताले उनले मन्त्रीहरुलाई समेत आफ्नो कार्यकक्षमा बोलाएर मन्त्रालयका योजनाहरुको चासो लिने गरेका छन् । जबकी उनको त्यो अधिकार छैन ।

अहिराजले स्वास्थ र कृषि सम्बन्धी योजनाको विधयक स्वीकृति गर्न सरकारको तर्फकाट जादा फिर्र्र्र्र्र्र्र्ता गरेका हुन् । आफूलाई केन्द्रको प्रतिनिधि भन्दा ठूलो ठान्ने अहिराजको चतुर्याइले सरकारलाई सकस पर्ने त होइन शंका उब्जीएको छ । यी अहिराज मधेसबादी नेताहरुको जासुसी गर्न खटाइएका हुन् की प्रदेश सरकारका योजनाहरु भत्काउन त्यो भने आगामी दिनले छर्लङ्ग बनाउने छ ।