Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आर्थिक अराजकता छानबीन गर्न विद्यार्थीको माग

बनेपा । देशको शैक्षिक गुणस्तरमा सृुधारको निम्ति गठन भएका उच्च स्तरीय समितिका प्रतिबेदन कार्यन्वयन नहुने नेपाली चलन अझै हटेन । नेपालका कम्युनिष्टहरुको शिक्षा नीति, स्वास्थनीति, क्रृषिनीति, अर्थनीति स्पष्ट नहुदा मन्त्री जो हुन्छ ऊ कमाउ नीतिमा लाग्छ । त्यही कारण अहिलेका स्वास्थ, शिक्षा, कृषि, अर्थ उद्योग मन्त्रीहरु कमाउ नीतिमा लागेका छन् । यहि नीति अन्र्तगत शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा सेवा आयोगका पदाधीकारीहरु आफूले भनेजस्ता राख्नका लागि लोकसेवा आयोग सँग सहमति मागे तर आयोगले दिएन ।

लोकसेवा आयोग, शिक्षा सेवा आयोग, चिकित्सा शिक्षा आयोगमा नियुक्ति भएका पदाधीकारी तथा सदस्यहरु सम्बन्धीत विषयको विज्ञ तथा दक्ष व्यक्ति भनेर छनोट गरिन्छ । उनीहरुले आफ्नो संस्थामा विकृति सिर्जना गरेर पैसा असुल्ने र मन्त्रीलाई बुझाउने होइन । तर काठमाण्डौ विश्व विद्यालयको उपकूलपति नियुक्तिदेखि डिन तथा संकाय प्रमुखहरुको नियुक्तिमा यति खेर भद्रगोल सिर्जना हुदैछ । बालुवाटारको हस्तक्षेपबाट झापा स्थिती बी एण्ड सी मेडिकल केलेजलाई के यूबाट सम्बन्धन दिलाउने तयारी भइरहदा मेडिकल शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले खबरदारी गरेका छन् ।

केयूले सम्बन्धन दिएका कलेजहरुको शैक्षिक गुणस्तरको अनुसन्धान हुदैन । निजी कलेजहरुले मनपरि शुल्क उठाउने गरेका छन् । विद्यार्थीहरुसँग बढि शुल्क लिएर शैक्षिक माफीयाहरुले आफ्नो कमाई बढाएपनि मुलुकलाई योगदान गर्न भने सकिरहेका छैनन् । त्यही कारण केयू भित्र लुट मच्चाउदै आएका मुकन्द शर्माले उपकूलपति भोला थापालाई आफ्ना भान्जा प्रा मनिस पोख्रेलको जिम्मामा डिन पद दिलाउन दबाब दिएका छन् । उपकूलपति डिन र शंकाय प्रमुखहरुको योजना नै विश्व विद्यालयको योजना बन्दछ । त्यही कारण डा. भोला थापाले आफूलाई सघाउने विश्वासीलो टीम बनाउदा २७ वर्ष देखि भ्रष्ट गिरोहका रुपमा परिचित समूहलाई बाइपास गर्न सक्ने अवस्था देखिदैन ।

यस्तै गिरोहले चलाएका सूरेस राज शर्मा, राम कन्ठ, माकजु श्रेष्ठ समेत केयू भित्रको भ्रष्टचार छानबिन गर्ने हो भने बच्ने ठाँउ रहदैन । केयूभित्र विभागीय र शाखा प्रमुखहरुको आचारण सुद्ध हुने हो भने विद्यार्थी माथि भएको शोषण आधा घट्छ । केयूले अनुबन्धन दिएका कलेजहरुको शैक्षिक गुणस्तरको अनुगमन हुने हो भने विद्यार्थीहरुले गुणस्तरमा आरोप लगाउने ठाँउ रहदैन । तर शिक्षाको गुणस्तर भन्दा कमाईको गुणस्तर बढाउने अभियानमा लागेका मनिस पोख्रेल र डा. भोलाले भत्केको संरचना सुधार छन् भन्ने ठाँउ भने छैन । किनकी उनीहरु पनि बालुवाटारको दबाब र शिक्षा मन्त्रीको आदेश लत्याउने बाहादुर होइनन् ।