Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसपाले थाल्यो माओवादीसँग छलफल

काठमाडौँ । दुई तिहाई बहुमत भत्काएका कम्युनिष्ट पार्टीका दुवै घटक अहिले सरकारमामा जाने र टिकाउने खेलमा सक्रिय छन् । जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेता बीचको छलफल शुरू भएको छ । छलफल नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठलगायत पेरिसडाँडा पुगेका हुन् । माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ छलफलमा छन् । जसपाले हिजो कांग्रेससँग छलफल गरेको थियो । जसपाले तीन दल मिलेर केपी ओली नेतृत्व सरकारको विकल्प दिनुपर्ने प्रस्ताव कांग्रेससमक्ष राखेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा हिजो साँझ कांग्रेस र जसपाका शीर्ष नेताहरुको छलफलमा वर्तमान सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अगाडि बढ्नु पर्ने प्रस्ताव आएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।