Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कस्तो छ जोशीको अवस्था

काठमाडौं । मस्तिस्कघात भइ उपचाररत काँग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। गत फागुन १३ गते राति जोशीलाई मस्तिस्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल पुर्‍याइएको थियो। पूर्वमन्त्रीसमेत रहेका जोशीको बीचमा स्वास्थ्य सुधार हुने क्रम देखिएको थियो। त्यसपछि भेन्टिलेटरबाट हटाइएको थियो। तर पुन स्वास्थ्य अवस्था बिग्रिएपछि जोशीलाई फागुन २२ गते पुन भेन्टिलेटरको सपोर्टमा उपचार शुरु गरिएको थियो। मंगलबारबाट भने उनको अवस्था क्रिटिकल भएको उनको उपचारमा संलग्न डाक्टर राजीव झाले बताए। नर्भिकले बुधवार बिहान एक वक्तव्य जारी गर्दै जोशीको अवस्था गम्भीर रहेको जनाएको छ। नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ। उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ, नर्भिक अस्पतालका कम्युनिकेसन तथा पीआर प्रमुख सोमनाथ बाँस्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बाँस्तोलाले जोशीको उपचार जारी रहेको बताए।


सम्बन्धित समाचार