Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ– ‘हनी ट्र्याप’मा फसाइ रकम असुली गरेको आरोपमा प्रहरीले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । दुईजना पुरुषलाई गेस्ट हाउसमा भेट्न बोलाएर कोठामासँगै बसी गोप्य रुपमा भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै पैसा असुल्न खोजेको आरोपमा प्रहरीले महिलासहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जाजरकोट घर भइ गोंगबु बस्ने २८ वर्षीया संगीता शाह, सिन्धुपाल्चोक घर भइ गोंगबु बस्ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोट घर भइ स्वयम्भू बस्दै आएका शंकर खनाल रहेको प्रहरीले बताएको छ । यस गिरोहले कपन र इमाडोल बस्ने दुईजना पुरुषलाई चाबहिलस्थित गेस्ट हाउसमा बोलाएर कोठामा सँगै बसाएर गोप्य रुपमा भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ५ लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल