Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्राफिकको अंकुशले चालक बुरुक्क

काठमाडौं । गोंगबुस्थित बसपार्क अगाडि बिहानै रिङरोडमा ट्राफिक प्रहरीले यात्रुबहाक बसलाई रोकेर कारवाही गरेपछि चालकले विरोध गरे। आफ्नो गल्तीविना नै जरिवाना लिन खोजेको चालकहरुको दाबी थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखासँग बुझ्दा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाबारे खुलाए सामान ल्याएवापत बढी भाडा लिएको गुनासोपछि बसका चालकलाई पहिचान गरेर कारवाही गर्न खोज्दा यो अवरोध भएको थियो ।

उनीहरूले सडकमै बस तेर्साएर राखेपछि सोमबार बिहान १० बजेपछि करिब १५ मिनेट गोंगबुस्थित सडक अवरूद्ध भयो। त्यसबेला रिङरोड भएर गुड्ने सवारी साधन चल्न सकेका थिएनन्। सडक अवरोध खुलाउन प्रहरी परिचालन गर्नु परेको थियो। एसपी अधिकारीको भनाइमा ट्राफिक प्रहरीले नियमानुसार कारवाही गर्न खोजेपछि चालकले अवरोध गरेका हुन् । ट्राफिक प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार बसका चालकले सामान ल्याएवापत पाँच सय रूपैयाँ लिएको गुनासो आएको थियो। नेपालगञ्ज(काठमाडौं रूटको ना ५ ख २२८६ नम्बरको बसमा एक व्यक्तिले सामान पठाएका थिए।

गत चैत २ मा सामान पठाउँदा उक्त बसका चालकले बढी पैसा लिएको गुनासो थियो। बसका चालकलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना लाग्ने यातायातको दफाअनुसार कारवाही गरिएको हो,’ उनले भने, ‘त्यसपछि उनीहरूले चार र पाँचवटा गाडी सडकमा तेर्साएर राखेका हुन्।’ सामान ल्याएवापत बढी पैसा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले उक्त बस र चालकलाई खोजिरहेको थियो। ‘नेपालगञ्जबाट आज यो बस काठमाडौं आयो। किन बढी भाडा लिएको भन्दा आफूखुसी लिन नपाउने भनेपछि हामीले कारवाही गर्न खोज्दा उनीहरूले सडकमा गाडी तेर्साएका थिए ।


सम्बन्धित समाचार