Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुटका गोदाममा प्रहरीको छापा

काठमाडौं । भारतीय बजारबाट लुकाई छिपाई नेपाल प्रवेश गराउने र राजस्व छल्ने सुर्तीजन्य बस्तुहरुको निगरानी बढाउने क्रम देखिएको छ । यस्ता काममा राजस्वका कर्मचारी भन्दा प्रहरी नै अगाडि छन् । मोलतोल नमिल्दासम्म लागू पदार्थ जन्य बस्तुहरुको कारोबार गर्न सहज छैन । जब भन्सार, प्रहरी र राजस्वको मिल्ती हुन्छ, त्यसपछि व्यापारीहरुको धन्दा चम्कन्छ । जहाँ मिल्दैन त्यहाँ प्रहार हुन्छ । प्रहरीले काठमाडौंको कोटेश्वर र गौरीघाटस्थित गुट्खा गोदाममा छापा मारेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गोदाममा छापा मारेर भन्सार छलीको गुट्खा बरामद गरेको हो । करिब ८ लाख मूल्य बराबरको सुर्तिजन्य पान–पराग, राजनिवास, तुलसी, रजनिगन्धा र गुट्खा नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताएका छन् । भन्सार छलेर सो सामग्री काठमाडौं ल्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भएका मदन शाह रौनियार र श्रवण कुमार सिंह छन् ।

कोटेश्वरमा रहेको रौनियारको गोदाम र गौरीघाटस्थित सिंहको गोदामबाट दाँत सफा गर्न प्रयोग गरिने गुल, भारतीय कम्पनीको चुरोट र रेडबुल पनि प्रहरीले बरामद गरेको छ । वीरगञ्ज लगायतका नाका छलेर सो सामान काठमाडौं ल्याएको उनीहरुले प्रहरीलाई बताएका छन् । सामानसहित उनीहरुलाई कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइने एसएसपी खापुङले बताएका छन् । बीरगन्ज देखि काठमाण्डौसम्म आउदा ती सामानको चेक जाँच नहुनु लाइन मिल्नु हो ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल