Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नबिल बैंकको हिरोज् अफ नेपालमा शेफ सन्तोष शाह सम्मानित

काठमाडौं । नबिल बैंकको“हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित भएका छन् । हिरोज् अफ नेपालको दोस्रो संस्करणमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौंको माया पाउन सफल शेफ सन्तोष शाहलाई सम्मानित गरिएको हो । शेफ सन्तोष शाहले यु।के। को मास्टरशेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएका छन् ।
शेफ शाह, नबिलका सीईओ अनिल केशरी शाह र पूर्व मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, शेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिहरूको बारेमा बोल्नुका थिए । साथै उनको जीवनका यात्राका चुनौतीहरू पनि वर्णन गरे ।

नबिल बैंकले शेफ सन्तोष शाहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेको जनाएको छ । जसको अनुसरण गर्दै, नबिल बैंकले शेफ शाहको गृह नगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता जनाएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल