Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । राजधानी बासीको ३० वर्ष अगाडिको सपना सरकारले बल्ल पूरा गर्दै छ । एडीबीको ऋण सहयोगमा निर्माण भएको मेलम्ची खानेपानी परियोजनाले आजदेखि काठमाडौंका घर घरमा मेलम्चीको पानी बितरणको थालनी गर्दैछ । चुच्चेपाटीस्थित महांकाल वितरण केन्द्रमा मेलम्चीबाट सुन्दरीजल हुँदै आइपुगेको पानी जम्मा गर्ने काम भइरहेको छ । दिउँसो १ बजेबाट पानी घर घरमा वितरण गर्ने तयारी भएको खानेपानी मन्त्रालयले जनाएको छ । पानी वितरण गर्ने तयारी स्वरुप बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री, खानेपानी मन्त्री, सचिव लगायतका पदाधिकारी बैठक बसेको थियो ।
उपत्यकामा रहेको पानी वितरणको पुरानै नेटवर्कमार्फत पानी वितरण गर्ने तयारी गरिएको छ । आजको पानी वितरण सफल भएपछि मेलम्चीबाट दैनिक १७ करोड पानी काठमाडौमा नियमित रुपमा बितरण थालिनेछ । आज ४ करोड लिटर मेलम्चीको पानी काठमाडौंका विभिन्न ठाउँमा वितरण गर्न लागिएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार पुरानै वितरण प्रणालीबाट पानी वितरण गर्न लागिएको हो । अनामनगर घट्टेकुलो क्षेत्रका १६ सय धारामा भने नयाँ पाइपलाइनबाट पानी वितरण गरिने केयूकेएलका प्रवक्ता प्रकाश राईले जानकारी दिएका छन् । आगामी चैत २७ गतेदेखि मात्रै दैनिक १७ करोड लिटर पानी वितरण गरिने योजना छ ।
अहिले पुराना तथा नयाँ पानी संकलन तथा प्रशोधन केन्द्रका साथै नयाँ तथा पूराना वितरण प्रणालीको परीक्षण गर्ने नियमित रुपमा पानी वितरण गर्ने तयारी गरिएको छ । सडक निर्माण गर्दा भत्किएका नयाँ पाइप जडानका लागि केयूकेयलबाट चासो नदिदा टोखा न पा ५ श्री टोलका जनता पटक पटक केयूकेयलमा धाए । माप्रबन्धक मिलन शाक्यलाई सम्पादक आफैले फोन गरेर बिग्रीएको ठाँउ बताउदा समेत त्यहाँ काम भएन । हल्ला जति गरेपनि केयूकेयलको प्राविधिक पक्ष अत्यान्त बदनाम र जनविरोधी भएको अवस्थामा पूरानो पाइपबाट पानी वितरण गरेर उपभोक्ताले यो हल्लाको बाहिरी स्वाद मात्र लिने कि पानी पनि पाउने हो त्यो भने प्र्रतिक्षाको विषय छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल