Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लोकमार्गले गति लियो

पर्वत । विसं २०७५ वैशाखदेखि शुरु भएको मध्य पहाडी लोक मार्ग पर्वत खण्ड विस्तारको काम कोभिडका कारण समयमा पूरा हुन सकेन । पूर्व घोषित योजना अनुसार त्यो खण्डको काम यतिखेर सम्पन्न हुनु पथ्र्याे । तर लकडाउनले रोकिएपछि आयोजना कार्यालयले नौ महिना समय थप गरेको छ । तत्कालीन आयोजना प्रमुख आशिष थापा मगरले कास्की, पर्वत र बागलुङ खण्डमा अपेक्षित काम भएकाले अब थपिएको मितिमै काम सकिने बताएका छन् ।

त्यहाँ कुशल इन्जिनियर मेघराज मराशीनीको प्रवेशसगै सडक निर्माणले गति लिएको हो । कुनै अवरोध र समस्या नआइ काम हुने भने पोखरादेखि बागलुङसम्मको खण्ड नयाँ स्वरुप अब छिटै बदलिने आशा गरिएको छ । मध्य पहाडी लोकमार्गको कास्की खण्डको नयाँ पुलदेखि घट्टे खोला खण्डको काम सकिएको छ । हेम्जादेखि सिम्पानीसम्मको खण्ड सकिएमा कास्की खण्डको काम पूरा हुने बताइएको छ । यतिखेर कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो । गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रुपमा काम अघि बढाएको प्रविधिकहरु बताउछन् । पर्वत जिल्लाको २४ किलोमिटर खण्डमध्ये कुश्मा बजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार हुँदैछ भने अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिने भएको छ । कुस्मास्थित आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीका अनुसार मोदी गाउँपालिकाको पातीखोलादेखि चुवाको परादीसम्म कालोपत्रको काम सकिएको छ । कुश्मा बजारमा विद्युत्का पोल हटाएर मध्य खण्डमा माटो भर्ने काम भइरहेको छ । पातीचौरमा कालोपत्र गर्न सबै स्टक्चर तयार भइसकेको छ । सडक चौडा पार्ने, नाली बनाउनेलगायत पूर्वाधारका काम सबै सकिएकाले अब बेस हालेर कालोपत्र गर्न धेरै समय लाग्दैन ।

कुश्मा बजारको खरेयादेखि डम्डारेखोलासम्म चार लेनको सडक बनाउन विद्युत्का पोल, खानेपानीका पाइप र केही घर, टहरा हटाउँदा काममा ढिलो भएको थियो । तत्कालीन योजना प्रमुखले स्थानिय जनप्रतिनिधिहरुसँग समन्वय गर्न सकेको भए त्यहाँको काम ढिलो हुने थिएन । सडक विस्तारमा अवरोध रहेका सबै संरचना हटाएपछि कुश्मामा सबैजसो कामदार परिचालन भएका छन् । चुवा, कुश्माको बान्द्रे बिँडी र मोदीको केही भागमा भिरको पहरो फुटाएर सडक चौडा बनाइएको छ । लामा कन्स्ट्रक्सनका प्रतिनिधि राजाराम आचार्यले आउँदो जेठभित्रै पर्वत खण्ड सकिने बताएका छन् । योजना प्रमुख मरासीनीले नेतृत्व लिएपछि पर्वत खण्डको लोक मार्गले गति लिएको स्थानीय जनताले बताएका छन् । सडक विभागमा कुशल इन्जिनियरहरुको कमि छैन । जनतासँग प्रतक्ष जोडिएर काम गर्ने हो भने विवाद जस्तो सुकै भएपनि समाधान हुन्छ भन्ने प्रमाण कुश्म बजार क्षेत्रको अवरोध हटेर काम सुचार हुनु हो ।

 


सम्बन्धित समाचार