Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खेतमा काम गर्न गएकाको मृत शरिर भेतियो

जनकपुरधाम । धनुषामा खेतमा काम गर्न निस्किएका एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । जिल्लाको औरही गाउँपालिका ३ बस्ने विजय मण्डल मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । ४० वर्षका मण्डल बिहीवार बिहान औरही ३ स्थित खेतमा काम गर्न गएका हुन् । राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय औरहीले जानकारी दिएको छ । मृतकको घाँटीमा गम्छा बाँधिएको र शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लग्ने तयारी भइरहेको प्रहरी नायव निरीक्षक सन्तोष झाले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार