Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना संक्रमण जेठदेखि असारसम्म उच्च विन्दुमा पुग्न सक्ने !

काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । आइतबार संसद बैठकलाई सम्बोधन गर्दै उनले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने बताएका छन् । यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो परीक्षणका आधारमा संक्रमितको अनुपात ३५ प्रतिशत थियो ।