Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देवघाटको ४२ बिगाहा पुरातात्विक भूमि गिरिजाले बेचेका थिए

  • मोहन लामा

२०३२ सालमा प्रकाशित भएको योगी नरहरिनाथ बिरचित ‘हाम्रो देश–दर्शन’ को दोस्रो संस्करण बजारमा आएको छ । ४५ वर्षपछि पुनः संस्करणमा आएको यो पुस्तकमा नेपालका चौध अञ्चल, ७५ जिल्लामा रहेका धार्मिक शक्ति पिठहरू र नेपाली समाजमा रहेका थर, गोत्रहरूको उद्भव इतिहासको व्याख्या गरिएको छ । यस कारण यो नेपालको इतिहास पनि हो भन्दा अत्युक्ति हुने छैन ।

योगी बलभद्र नाथ र अर्जुन ज्ञवालीद्वारा सम्पादन गरिएको उक्त पुस्तकको खण्ड २ मा केही ऐतिहासिक दस्तावेजहरू समावेश गरिएको छ । २०४८ सालपछि देवघाट क्षेत्रमा रहेको ४२ बिगाहा साँस्कृतिक, धार्मिक र पुरातात्विक भूमिलाई तत्कालिन राष्ट्रघाती प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कसरी समाप्त पार्न खोजेको थिए ? काँग्रेस र गिरिजाको उक्त अधार्मिक कार्यविरुद्ध योगी नरहरिनाथले सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो । अदालतले योगीको पक्षमा फैसला गरेको दस्तावेजसमेत समेटिएको छ ।

२०१६ सालमा बीपी कोइरालाले जसरी योगी नरहरिनाथका दस्तावेज जलाउन लगाएका थिए वि.सं. २०५५ सालमा उनकै भाइ गिरिजाप्रसाद कोइरालाले पशुपतिको मृगस्थलीमा रहेका योगी नरहरिनाथका दस्तावेजहरू जलाउन लगाएका थिए । त्यतिले मात्रै नपुगेर मृगस्थलीमा रहेका उहाँका दस्तावेजहरू बन्द कोठामा राखेर कुहाउने काम पशुपति विकास कोषले गरेको थियो । यो अवस्थामा योगीका दस्तावेजहरू खोजेर प्रकाशित गर्नु चुनौतीपूर्ण कार्य हो । यही चुनौतीपूर्ण कार्यलाई शिरोधार्य गर्दै योगी बलभद्र नाथ र अर्जुन ज्ञवालीद्वारा हाम्रो देश–दर्शन पुनः संस्करणमा ल्याइएको छ । २०५४ सालमा रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मी तम्घासका क्याम्पस प्रमुख ससि पन्थीले लिएको विशेष अन्तर्वार्ता पनि पुस्तकमा समेटिएको छ ।

पुस्तक नेपालको इतिहास हो, दस्तावेज पनि हो । एक पटक प्रत्येक नेपालीले आफ्नो थर, गोत्रदेखि नेपालको साँस्कृतिक, धार्मीक महत्व बुझ्न पुस्तक पढ्नै पदैछ । हरेक नेपालीले गीता, रामायण, शिवगीता, महाभारत जस्तै यो पुस्तक पनि भावी सन्ततीलाई आफ्नो भूमि र बिरासतको ज्ञान दिलाउन संग्रह गर्नै पर्दछ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल