Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रोकिराखिएको बस कसले जलायो ?

स्याङ्जा । स्याङ्जामा रोकिराखेको यात्रुवाहक बस जलेको छ । पुतलीबजार नगरपालिका–६ स्थित टक्सार–पोखरा सडकमा ग १ ख ७१६६ नम्बरको बस जलेको अवस्थामा भेटिएको स्याङ्जाका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । सोमबार राती टक्सारमा यात्रु छोडेर फर्किने क्रममा बस जलेको हो । चालक २९ वर्षीय सुभास केसी र सह–चालक १८ वर्षीय नवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस कसरी जल्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । चालक र सह–चालकले मापसे गरेका रहेछन् एसपी बोगटीले बस कसरी जल्यो भन्नेबारे अनुसन्धान गर्दैछन् । इन्सुरेन्स रकम दावी गर्नका लागी पनि बस चालकले बस जलाएको हुनसक्ने आशंका पनि गरिएको छ । पोखरा महानगरपालिका–२१ कृष्टि बस्ने चालक सुभाष केसी आफैं बसका धनी हुन् ।

 


सम्बन्धित समाचार