Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित भएका एक तिहाइ मानिसमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ । द लेन्सेन्ट साइकियाट्री जर्नलमा आज प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब ३४ प्रतिशत मानिसमा मस्तिष्कसम्बन्धी वा मानसिक समस्या देखिएको थियो । यो अध्ययन कोरोना संक्रमणपछि निको भएका दुई लाख २३ हजार व्यत्तिलमा गरिएको थियो । समस्या देखिएकामध्ये अधिकांशमा डर–चिन्ताको समस्या देखिएको थियो । १४ प्रतिशतले आफ्नो मनोदशा परिवर्तन भइरहने समस्या देखिएको बताएका थिए भने १३ प्रतिशतले यसअघि कहिले पनि नदेखिएको मानसिक समस्या देखिएको बताएका थिए । यस्तै ०.६ प्रतिशत मानिसमा ब्रेन ह्यामरेज, २।१ प्रतिशतमा हृदयघात, ०.७ लाई डिमेन्सियाको समस्या देखिएको थियो ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल