Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रमको इच्छा थियो त्यो ?

काठमाण्डौ । स्थानीय सरकारले जनतालाई नै सुकुम्बासी बनाउछ भन्ने सोचसम्म नराख्ने राजनीति चेतना उल्टो भयो । प्रमकेपि ओलीको गृह जिल्ला झापामा दमक नगरपालिकाले पूर्खाको समय देखि घर झुपडीको भरमा बास बसेका गरिबका २० घर भत्कायो । त्यहाँ अधिकाँशको जग्गा धनी निस्सा थियो । तर सरकारले लालपूर्जा दिएको थिएन । केही सकुम्बासिनै थिए ।

नगरपालिकाको लागि जनताभन्दा सपिङ्ग कम्प्लेस महत्वपूर्ण भयो । किनकी जनताले घर बनाउदा नगर प्रमुखलाई धुस आउदैन । सपिङ्ग कम्प्लेस बनाउदा ठेकदार देखि नेतासम्मको आम्दानी बढ्छ । यो बेला सरकारमा प्रम केपि शर्मा छन् । उनलाई सुकुम्बासी भन्दा हुकुमबासीको साथ चाहिन्छ । चुनावमा हुकुमबासीको महत्व हुन्छ ।

जनताले मत दिएर जनप्रतिनिधि बनेकाहरुले सुकुम्बासीको थातथलो मै व्यापारीक कम्प्लेस बनाउन किन परेछ । सपिङ्ग कम्प्लेस रु ४० करोडमा बन्दैछ । सात तल्ले सपिङ्ग नै जनताभन्दा व्यारा भएछ । त्यो पनि प्रम केपि ओलीको जिल्लामा । नेकपाको निर्णय सविधान विपरीत छ । प्रमलाई पत्तो छ कि छैन ।


सम्बन्धित समाचार